arrow

ज्वालामुखीबाट निस्केको लाभाबाट २३ घाइते

logo
प्रकाशित २०७५ साउन १ मंगलबार
us_lava.jpg

काठमाडौं । अमेरिकाको हवाईमा ज्वालामुखीबाट निस्केको लाभाको कारण २३ जना मानिसहरु घाइते भएका छ्न् । अमेरिकी अधिकारीहरुले दिएको जानकारीअनुसार डुङ्गामा सयर गरिरहेका उनीहरु घाइते भएका हुन् । 

ज्वालामुखसी विष्फोटपछि निस्किएको लाभा डुङ्गामा सयर गरिरहेका मानिसहरुको साधनमा खसेको थियो । सो क्रममा एक जना मानिसको खुट्टा भाँचिएको छ भने अन्य मानिसहरुको शरीर जलेको छ । अधिकारीहरुले अहिले यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् । 

गएका मे महिनामा हवाईको किलौयामा भएको ज्वालामुखी विष्फोटपछि सो क्षेत्रमा लगाताररुपमा लाभा निस्किरहेको छ । डुङ्गामा माथिबाट आएको लाभा नपरोस् भन्नका लागि छानो राखिएको भए पनि लाभा हेर्नको लागि केही स्थान भने खाली राखिएको थियो । सोही खाली स्थानबाट लाभा भित्र छिरेको अधिकारीहरुको भनाइ छ । 

अहिले घाइतेहरुको अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले बताएका छन् । डुङ्गा यसअघि अधिकारीहरुले तोकेको सुरक्षित स्थान पार गरेर बाहिर गएको कारण यो दुर्घटना भएको यात्रुहरुले बताएका छन् । यो क्षेत्र विश्वकमा सबैभन्दा धेरै ज्वालामुखी विष्फोट हुने क्षेत्रमध्येको एक हो । 

गत साता भूगर्भ विद्हरुले यहाँबाट निस्किएको लाभाको कारण यो क्षेत्रमा सानो टापुसमेत निर्माण भएको बताएका थिए । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ