arrow

डोलेश्वर र आशापुरी महादेव मन्दिरमा ३८ दिने मेला शुरु

logo
प्रकाशित २०७५ साउन १ मंगलबार
shiva-mahadev.jpg

भक्तपुर । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर र आशापुरी महादेव मन्दिरमा मंगलबारदेखि एकमहिने साउने मेला शुरु भएको छ । यही साउन १ गते बिहान ७ बजे चन्द्रविनायक गणेश मन्दिरदेखि केदारनाथको शिर मानिने डोलेश्वर मन्दिरसम्म कलश यात्रा गरी मेला शुरु भएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका वरिष्ठ उपाध्यक्ष एवं वडाध्यक्ष किरण थापाले जानकारी दिए । 

मेला ३८ दिनसम्म चली भदौ ६ गते समापन हुने बताइएको छ । मेलामा संकलित रकम मन्दिरको गुरुयोजना निर्माणमै खर्च गरिने थाहा भएको छ । थापाले लाम बसेको एक घण्टामै दर्शन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।


त्यसैगरी सूर्यविनायक नगरपालिका–८ मै रहेको आशापुरी महादेव मन्दिरमा पनि मंगलबारदेखि एकमहीने मेला शुरु भएको छ । मनको इच्छा पूरा हुने जनविश्वासले मन्दिरमा मंगलबार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । 

काठमाडौं उपत्यकालगायत काभ्रेपलाञ्चोकका दर्शनार्थीको घुइँचो लाग्ने सो मन्दिरमा साउनमा रुद्री पूजा गर्नेको समेत भीड लाग्छ । यता दत्तात्रय मन्दिरमा भने साउनको प्रत्येक सोमबार मेला लाग्ने गर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ