arrow

यस्ता खेलौना हुन्छन् हानिकारक

logo
प्रकाशित २०७५ साउन १ मंगलबार
chemical.jpg

काठमाडौं । पछिल्लो एक दशकयता खेलौना बालबालिकाहरुलाई भुल्याउने सबैभन्दा राम्रो माध्यम बन्दै गइरहेको छ । यद्यपि यसरी खेलौना चलाउने क्रममा त्यसमा प्रयोग गरिएका रङहरु भने उनीहरुका लागि निकै हानिकारक हुनसक्ने विवरणहरुले देखाएका छन्। 

उपभोक्ता अधिकारको लागि लडिरहेको एक संस्थाले सार्वजनिक गरेको विवरणअनुसार खेलौनाहरुमा प्रयोग गरिएको बोरोनलगायतका रसायनहरुको नकारात्मक असर बालबालिकाहरुको स्वास्थ्यमा देखिनसक्छ । यसको असरको रुपमा अल्पकालीनरुपमा पखाला लाग्ने, बान्ता हुने तथा पेट दुख्नेलगायतका समस्याहरु देखिनसक्ने उनीहरुको भनाइ छ । 

खेलौनाहरु बाक्लो र आकर्षक बनाउनका लागि बोरेक्सको प्रयोग गरिने गरिएको छ । जसबाट बोरोन रसायन बाहिर आउने गरेको छ । युरोपियन केमिकल एजेन्सीले खेलौनाहरुमा प्रयोग गरिने बोरोनको प्रयोगले मानिसको स्वास्थ्यमा निकै नकारात्मक किसिमको असर पार्ने र आँखामा नकारात्मक असर पर्ने गरेको पाइएको हो । 

Researchers tested the most popular slimes sold by retailers and those recommended online

गर्भवती महिला पनि यस किसिमका खोलौनाहरुको सम्पर्कमा आएको खण्डमा जन्मिनसक्ने बच्चामा पनि नकारात्मक असर पर्नसक्ने बताइएको छ । 

बोरोनको लागि गरिएको ११ परीक्षणको क्रममा ८ ओटामा अत्यधिक मात्रामा बोरोनको प्रयोग भएको पाइएको थियो । जसमा तोकिएको सीमाभन्दा चार गुणा बढी बोरोनको प्रयोग भएको पाइएको हो । अहिले देखिएको यस किसिमको नतिजासँगै बालबालिकाहरुको स्वास्थ्यमा अभिभावकहरु नै सचेत हुनुपर्ने देखिएको विज्ञहरुले बताएका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ