arrow

आफ्नै देशको गुप्तचर संस्थालाई छाडेर ट्रम्प पुटिनको पक्षमा

logo
प्रकाशित २०७५ साउन १ मंगलबार
trump-putin3.jpg

काठमाडौं । कुनै मुलुकको राष्ट्रप्रमुखका लागि आफ्नो देशको गुप्तचर विभाग निकै महत्वपूर्ण हुन्छ । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हकमा भने यो कुरा अपवाद साबित भएको छ ।

ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको साथमा सोमबार भएको वार्तापछि अमेरिकी निर्वाचनमा रुसको हात रहेको विषयमा अमेरिकी गप्चतर संस्था एफबीआईले सार्वजनिक गरेको विवरण गलत रहेको बताएका हुन् । अमेरिकी राष्ट्रपति ट्रम्पको यो भनाइसँगै अमेरिकाभरि नै उनले आलोचनाको सामना गरिरहेका छन् । 

सन् २०१६ को राष्ट्रपति निर्वाचनको क्रममा रुसी राष्ट्रपति पुटिनमाथि हस्तक्षेप गरेको आरोपमा विश्वास गर्ने कुनै कारण रहेको ट्रम्पले बताएका हुन् । गत साता अमेरिकी निर्वाचनको क्रममा हिलारी क्लिन्टन र उनको पार्टी डेमोक्रेटिकको सर्वर ह्याक गरेको भन्दै १२ रुसी अधिकारीहरुमाथि आरोप लगाइएको थियो । 

डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँगको वार्ताको क्रममा देखाएको व्यवहारको अमेरिकामा धेरे आलोचना भइरहेको छ । यो भेटको क्रममा उनले रुसी हस्तक्षेपको विषयमा कुरा गर्ने अपेक्षा गरिएको अवस्थामा उनले आफ्नै मुलुकको गुप्तचर संस्थाको विवरणमा खोट रहेको बताएका हुन् । 

सञ्चारकर्मीहरुले अफ्नो मुलुकको गुप्तचर संस्थामा विश्वास रहेको वा नरहेको भनी सोधिएको प्रश्नको उत्तर दिँदै ट्रम्पले एफबीआईले विवरण सार्वजनिक गर्ने क्रममा यसका प्रमुख पनि पूर्णरुपमा आश्वस्त नरहेको बताएका छन् । उनले रुसले अमेरिकाको निर्वाचनमा ह्याक गर्नुको पछाडि कुनै कारण छ भन्ने कुरा आफूलाई नलागेको बताए । 

अमेरिकी वरिष्ठ अधिकारीहरुले अमेरिकी राष्ट्रपति रुसको साथमा मिलेर आफ्नै मुलुकामाथि खनिएलान् भनेर कहिल्यै पनि कल्पना नगरेको बताएका छन् । यद्यपि ट्रम्पले यसअघि नै रुससँगको कमजोर सम्बन्धको लागि एफबीआई दोषी रहेको बताउँदै आएका थिए । उनले अमेरिका र रुसबीचको सम्बन्ध चिसिएको कारणको विषयमा प्रश्न गर्दा यो मामिलामा रसिया र अमेरिका दुवै दोषी रहेको बताएका थिए । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने सन् २०१६ को निर्वाचनमा डोनाल्ड ट्रम्पले जित हासिल गरुन् भन्ने आफ्नो इच्छा रहेको बताएका छन् । यद्यपि उनले त्यसको लागि आफूले कुनै हस्तक्षेप भने नगरेको स्पष्ट पारेका छन् । उनले व्यावसायिक छविबाट आएका ट्रम्प मुलुकको राष्ट्रपति बनुन् भन्ने आफ्नो इच्छा रहेको बताए । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ