arrow

धरान उपमहानगरका मेयर सुब्बाको निधन

logo
प्रकाशित २०७५ साउन १ मंगलबार
tara1.JPG

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ। उनको काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराईरहेका बेला निधन भएको हो । 

दुई साता अघि मात्रै उनलाई ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । उनलाई छातीमा निमोनियाको संक्रमण भएको थियो । उनको पहिले मृगौला प्रत्यारोपण गरिएको थियो । एक हप्ता आईसीयुमा राखेर मेयर सुब्बालाई वार्डमा सारिएको थियो । 

७८ लाख रुपैयाँमा नयाँ गाडी किन्न लागेको भन्दै केही समय अघि उनीबारे निकै आलोचना भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ