नेविसंघको प्रदर्शनमा प्रहरी हस्तक्षेप, २४ जना घाईते
प्रकाशित २०७५ साउन १ मंगलबार
269
Shares
काठमाडौं । नेपाली कांग्रेस निकट भ्रातृ संगठन नेविसंघले राजधानीमा गरेको प्रदर्शनमा झडप भएको छ ।
माईतीघर मण्डलाबाट प्रदर्शन गरेर नयाँ बानेश्वरतिर अघि बढ्ने क्रममा प्रहरीसँग तीन ठाउँमा झपड भएको हो ।
नेविसंघ अध्यक्ष नैनसिंह महरले झडपमा परी २४ जना घाईते भएको बताएका छन् । उनले भने, ‘धेरै जना अस्पताल भर्ना भएका छन् ।’
उनले आफुहरुको पूर्वघोषित कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको बताए । उनले भने, ‘हाम्रो मास बढी थियो । सवारी साधन गुड्ने बाटो पूरै छोपेर हिँडेको भन्दै प्रहरीले बल प्रयो गरेको हो । अन्य कारण थिएन । हाम्रो साथीहरु शालीन नै थिए ।’
सरकारले माईतीघर मण्डला लगायत स्थानमा निषेधाज्ञा जारी गरेकै दिन आफूहरुले प्रदर्शनको कार्यक्रम घोषणा गरेको र यो पूर्व घोषित कार्यक्रम भएको उनले जानकारी दिए ।
सर्वोच्च अदालतले सोमबार मात्रै माईतीघर मण्डला लगायत स्थानमा प्रदर्शन गर्न रोक लगाउन नहुने भन्दै सरकारको नाममा अन्तरिम आदेश गरेको छ ।