arrow

ठगिको आरोपमा पक्राउ परेका गाउँपालिका अध्यक्षलाई गृहमन्त्रीले छुटाए 

logo
प्रकाशित २०७५ साउन १ मंगलबार
nekapa-gaupalika-chairman-thag1.jpg

काठमाडौं । विदेश पठाईदिने भन्दै ठगि गरेको आरोपमा पक्राउ परेका अछाम रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउँद भास्कर गृहमन्त्रीको निर्देशनमा छुटेका छन् । गृहमन्त्रीले गृहमन्त्रालयबाट एक प्रतिनिधि खटाई साउँदलाई छोड्ने प्रबन्ध मिलाएको स्रोतले बताएको छ । 

महानगरीय प्रहरी प्रभाग काँडाघारीले साउदलाई उनकै कोठाबाट सोमबार बेलुकी पक्राउ गरेको थियो । पठाईदिने भन्दै तीन वर्ष पहिले चार जना युवाबाट चार लाख रुपैँया ठगेको भन्दै जिल्ला प्रशासन काठ्माण्डौंमा साउँदविरुद्ध उजुरी परेको थियो । 

पीडित पुर्णबहादुर खड्काका अनुसार साउँदले खड्काबाट दुई लाख, रवि बस्नेत, राजेन्द्र बहादुर चन्द, विष्णु क्षेत्रीबाट एक–एक लाख रुपैँया तथा पासपोर्ट लगेका छन् । पटक–पटकको प्रयासपछि साउँदले ३ चरणमा गरी एक लाख ५० हजार फिर्ता गरे पनि बाँकी रकम माग्दा उल्टै धम्काउने गरेपछि प्रहरीमा उजुरी दिएको खड्काले बताए । 

साउँदले यसबाहेक विभिन्न प्रलोभन देखाई आफूबाट थप रकम समेत लगेको सुनाए । महानगरीय प्रहरीले भने जिल्ला प्रशासनबाट पक्राउ गरी दुबै पक्षलाई छलफलका लागि बोलाउनु र सहमति नभए कार्यालयमा हाजिर गराउनु भन्ने पत्र आएको जानकारी दिएको छ । 

साउँद तत्कालीन नेकपा माओवादीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका  हुन् । उनले विदेश पठाईदिने भन्दै युवाहरुलाई मात्र नभई अन्यलाई गाउँमा योजना पारिदिने भन्दै अग्रिम कमिशन लिने गरेको गुनासो समेत आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ