arrow

कर्मचारीको मनोमानीले सेवाग्राही मर्कामा, करार अवधि थप नगर्न नगरपालिकामा ज्ञापन

logo
प्रकाशित २०७५ साउन १ मंगलबार
gauradhaha.JPG

गौरादह । गौरादह सरोकार समाजले नगरपालिकाका इन्जिनियर सचिन छेत्री र लेखा शाखाका कर्मचारी रामप्रसाद दहालको करार अवधि थप नगर्न मंगलबार नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । समाजले इन्जिनियर सचिन छेत्रीले  घर नक्सा पासगर्दा  ब्यक्ती अनुसार फरक फरक व्यवहार गरि प्रकृयालाइ बेवास्था गरेको साथै योजना सम्झौता पत्रमा सस्थाको छाप ,प्रमुखको सहि र अधिकृतको प्रमाणिकरण बिनानै  पटक पटक परिबर्तन गरेको जनाउदै ज्ञापनपत्र बुझाएको हो ।

पछिल्लो समय गौरादह नगरपालिका धेरै बिबादमा तानिदै आएको  र नगरपालिकाको मुख्य कार्यालयमा कार्यरत कर्माचारीको कार्यशैली नागरिकमैत्री र प्रचलित विधि र प्रकृयाको बिपरित रहेकोले सेवाग्राहीले अनावश्यक सास्ती भोग्नुपरेको यथार्थ आम नागरिक र जनप्रतिनिधीहरुले गुनासो गरेका छन् ।

 त्यसैगरि लेखा शाखाका कर्मचारी रामप्रसाद दाहालले लेखा शाखामा पेस भएका फाइल सुरक्षित तबरले राख्न नलगाएको ,कार्यालयमा पुर्ण समयसम्म काममा नरहेको  जस्ता गुनासाहरु गरेका छन् ।

 स्थानीय तहमा करारमा प्राबिधिक कर्मचारिहरु  ब्यबस्थापन गर्ने सम्बन्धी नमुना कार्यबिधी २०७४ को दफा न ७ मा उल्लेख भए बमोजिम एक आर्थीक बर्षसम्म मात्र करार अबधी मान्य हुने ब्यबस्था रहेकोले यहि असार मसान्तबाट प्राबिधिक कर्मचारीको करार अबधी पनि समाप्त भएको छ ।

 स्थानीय निकाय जनशक्ती ब्यबस्थापन नमुना कार्यबिधीमा उल्लेख भए बमोजिम करारमा कर्मचारीहरु नियुक्ती गर्दा नपा तथा  कार्यपालिकाले योग्यता, पारिश्रमिक , सेवासर्त समेत तोकि सुचनापार्टी वेबसाइट र अन्य सार्बजनिक स्थलमा १५ दिने  सुचना प्रकाशित गरि अन्तरबार्ता लिएर मात्र राख्न पाउने ब्यबस्था कार्यबिधीमा उल्लेख छ ।

 साथै २०७५ असार ३१ गते मन्त्रालयबाट निर्णय भए बमोजिम साउन पहिलो साता भित्र ५ सय इन्जिनियर र प्राबिधिक स्थानीय निकायहरुमा संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयबाटै  खटाउने निर्णय भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ