arrow

कांग्रेसले सदनसँगै सडक तताउने

logo
प्रकाशित २०७५ साउन १ मंगलबार
Nc_meeting.jpg

काठमाडौं । बहुमतका नाममा सरकारले अधिनायकबादी रबैया देखाएको भन्दै मुख्य बिपक्षी दल नेपाली कांग्रेसले संसद र सडक संघर्षका कार्यक्रम अघि सारेको छ ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा. गोबिन्द केसीको मागप्रति ऐक्यबद्धता तथा सरकारको अधिनायकबादी शैली बिरुद्ध कांग्रेसले असार ३ गतेदेखि आन्दोलन गर्ने जनाएको छ । त्यसक्रममा साउन १५ गते ७७ वटै जिल्लामा बिरोध प्रदर्शन गर्नेछ ।
 
पार्टी मुख्यालय सानेपामा मंगलबार बिहान पार्टीका भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरुसंगको बैठकमा उपसभापति विमलेन्द्र निधिले आन्दोलनका कार्यक्रम घोषणा गरेका छुन् । जस अनुसार कांग्रेस साउन ३ गते संसद अबरुद्ध गर्ने र सोही दिन सडकमा बिरोध प्रदर्शन गर्ने छ ।

 प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभामा पनि माथेमा कार्यदलको प्रतिबेदनका आधारमा यसअघि नै संसदमा दर्ता गराइएको चिकित्सा शिक्षा बिधेयक हुबहु पारित गर्नुपर्ने भन्दै साँसदहरुले बिरोध गर्ने कार्यक्रम रहेको छ । सोही दिन नेपाल चिकित्सक संघ र प्रजातन्त्रबादी प्राध्यापक संघले माइतीघर मण्डलाबाट शुरु हुने बिरोध प्रदर्शन नयाँ बानेश्वरस्थित प्रतिनिधि सभा अगाडि पुगेर कोणसभा गर्नेछन् ।

 बिरोध प्रदर्शनमा कांग्रेसले आफ्ना सबै भातृ तथा शुभेच्छुक संस्थाका सदस्यहरुलाई अनिबार्य उपस्थित हुन निर्देशन दिएको छ । कांग्रेस उपसभापति निधिले सरकारले चिकित्सा शिक्षा प्रतिस्थापन बिधेयक कसैको स्वार्थमा ल्याएको भन्दै त्यसका बिरुद्ध आन्दोलनमा जानु परेको बताए।

अनसनरत डा. केसीको जीवनप्रति सरकार गैरजिम्मेवारपूर्ण ढंगबाट प्रस्तुत भएको भन्दै उहाँले केसीको स्वाथ्यमा तलमाथि भए सरकार नै जिम्मेवार हुनुपर्ने उल्लेख गरे।

चिकित्सा शिक्षाको बिरोधमा तरुण दलले साउन ५ गते काठमाडौंमा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । यसैगरी, साउन ६ गते बीपी कोइरालाको स्मृति दिबस अबसरमा केन्द्र र जिल्लामा बिबिध कार्यक्रम गरी मनाइने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ