arrow

१० दिनदेखि बेपत्ता बोहरा मृत अवस्थामा फेला

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ साउन १ मंगलबार
Dead_Body.jpg.jpeg

बझाङ। दश दिनदेखि बेपत्ता भएका कालंगा हाईड्रो प्रालीको सुरुङमा काम गर्ने एक जना मजदुर मृत अवस्थामा फेला परेका छन् ।

कन्चनपुर जिल्ला महेन्द्रनगर घर भएका अन्दाजी ३२ बर्षिया धन बहादुर बोहरा बुंगल नगरपालिका वडा नम्बर १ को छारीगाँउको खोच भन्ने ठाँउमा मंगलबार मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

करीब १०-१२ दिन देखी हराएका बोहरा मृत अवस्थामा फेला परेका हुन् । अहिले प्रहरीको टोली घटना स्थलतर्फ खटी गएको प्रहरी नायब उपरिक्षक ऋर्षिराम कडेलले बताए ।

घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको र कसरी मृत्यु भयो भन्ने कुरा अनुसन्धान पछि थाहा हुने कडेलको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ