arrow

बुंगल नगरपालिकाको केन्द्र विवाद अझै चुलीयो, मेयर सम्पर्क विहीन

नगरपालिकाका सबै कागजपत्र स्थानीयले नष्ट पारे

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ साउन १ मंगलबार
bungal_(1).jpg

बझाङ। बुंगल नगरपालिकाको केन्द्र कहाँ बनाउने भन्ने विवाद चुलीदै गएको छ । शनिबार देखि सुरु भएको आन्दोलनले उग्ररुप लिएको छ । आन्दोलनमा सरिक भएका ५ जनालाई प्रहरीले सोमबार पक्राउ गरेपछि स्थानीय थप आन्दोलित बनेका हुन् ।

आईतबार बजार बन्द गरेपनि बेलुका खुला गरेको थियो ५ जना स्थानीय बासिन्दाहरुलाई प्रहरीले पक्राउ गरेपछि स्थानीय बासिन्दा फेरी आन्दोलित भइ कार्यलय सवारी साधन बन्द गरी नारा जुलुसमा उत्रिएका हुन्। आफ्ना मागहरु बेवास्ता गरेको र कुनै पनि सुनवाई नगरे पछि आन्दोलन जारी राख्नु परेको स्थानीयहरुले बताएका छन् । नगरपालिकाको कार्यालयमा स्थानीय बासिन्दाहरुले ताला लगाई दिएका छन् ।

प्रहरीले समातेका आफन्तहरुलाई तुरुन्त रिहाई गर्नु पर्ने, आफ्ना मागहरु सुनुवाई गर्नु पर्ने स्थानीय अक्कल  कुँवरले बताए । आन्दोलन गर्दा समेत नगरपालिकाका मेयर सम्पर्कमा नआएको उनको भनाई छ ।

नगरपालिकाको परिषद्ले वडा नम्बर ५ को हाटकोटमा केन्द्र बनाउन निर्णय गरेपछि अहिले नगरपालिकामा रहेको वडा नम्बर ४ को विजगडामा नै हुनु पर्ने माग गर्दै स्थानियहरु आन्दोलनमा उत्रिएका हुन् । शनिबार स्थानीयहरुले जनप्रतिनिधीहरुलाई आक्रमण गर्न खोज्दा प्रहरी र स्थानीय विच झडप हुँदा ५ जना स्थानीय २ जना प्रहरी गरी ७ जना घाईते भएका थिए ।  

केही स्थानियबासीले झापामा केन्द्र सार्नुपर्ने माग गरिरहेका र केही स्थानियले बिजगडामा नै यथावत हुनुपर्ने भन्दै आएको भएपनि शनिबार दिउसो नगरपालिकाको नगर सभाबाट बिजगडा र  झापा को बिचमा रहेको हाटकोटमा सार्ने सर्बसम्मत निर्णय गरे पछि बीजगडाका स्थानिय त्यसको विरोध गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

नगरपालिकाका सबै कागजपत्र स्थानीयले नष्ट पारे
बुंगल नगरपालिकाका कागजात सबै स्थानीयले बासिन्दाहरुले नष्ट गरी दिएका छन्। नगरपालिकाको केन्द्र कहाँ बनाउने भन्ने विषयमा कुरा नमिल्ला नगरपालिका घोषित भएपछिका सबै कागज पत्र नष्ट गरेको बुंगल नगरपालिकाका लेखा अधिकृत पुर्ण बहादुर खड्काले बताए। नगरपरिसद्को सर्वसम्मतको निर्णय अनुसार बुंगल नगरपालिकाको केन्द्र वडा नम्बर ५ मा बनाउने भनेपछि वडा नम्बर ३ र ४ का स्थानीय बासिन्दाहरुले निर्णय स्वीकार नभएको भन्दै आन्दोलन गरेका थिए। आन्दोलित स्थानीय बासिन्दाहरुले नगरपालिकाको परिसद् समापन गर्ने क्रममा सभाबाट नै बार्षिक प्रतिबेदन, आर्थीक प्रतिबेदन, कार्यपालिकाको निर्णय पुस्तिका, परिसद् कार्यपालिका किताब लगायतका काजजात र सोफासेट, टेबुल बेच्नमा समेत क्षती गरेको प्रहरीको भनाई छ ।

जनप्रतिनिधीका दोहोरो रोल, भित्र सहमती बाहिर आन्दोलरतलाई सहयोग

बुंगल नगरपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष अम्मरराज जोशीका दुई वटा रोल देखिएका छन्। नगरपालिकाको परिसद्मा हाटकोटमा नै केन्द्र हुनु पर्ने सहमती जनाए पनि अहिले आन्दोलनको नेतुत्व लिइरहेका छन् । बुंगल नगरपालिकाका सबै वडाहरुलाई हेर्दा पाईक पर्ने ठाँउ हाटकोट नै हो जोशिले भने। यहाँका स्थानीयहरुले आन्दोलन गरेपछी आफु जनप्रतिनिधी भएका हिसाबले साथ दिनुपरेको बताए । आफ्नो बाध्यता र परिस्थिस्ती अनुसार आफुले आन्दोलनको नेतृत्व लिनु परेको उनको भनाई छ ।

सहमतीका लागी दुबै पक्ष चैनपुरमा
बुंगल नगरपालिकामा सहमती गर्ने बातावरण नभएपछि सहमतीका लागी दुबै पक्ष चैनपुरमा बोलाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ५ जना पक्राउ परेकाहरुलाई वडा अध्यक्षको जिम्मा लगाएर छोड्ने प्रहरी नायब उपरिक्षक ऋषिराम कडेलले बताए। सहमतिका लागि नगरपालिकाका मेयर सहित पदाधिकारी र आन्दोल गर्नेहरु बाट ३-४ जना ब्यक्तिहरुलाई मंगलबार सदरमुकाम चैनपुर बोलाईएको डीएसपि कडेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ