arrow

डा गोविन्द केसीलाई ‘हाइपोक्यालेमिया’, मुटुको चाल बन्द हुन सक्ने

 वार्ता अन्योलमा

logo
प्रकाशित २०७५ साउन २ बुधबार
dr-govinda-kc-emergency.jpg

काठमाडौं । सरकार र प्राडा गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता अन्योलमा पुगेको छ । लगातार दुई दिन वार्ता बसे पनि वार्ताले कुनै दिशा लिन सकेन । दुबै पक्ष आफ्ना अडानबाट पछि नहटेपछि बार्ता निस्कर्षविहीन भएको हो ।

सरकारी वार्ता टोली कुनै माग पूरा गर्ने गरी अगाडि बढ्नु भन्दा डा केसीको उपचारलाई मात्र ध्यान दिन खोजेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो । सरकारले डा केसीलाई तत्काल काठमाडौँ ल्याएर उपचार गर्ने भन्दैछ भने डा केसी पक्षले डा केसीलाई काठमाडौं ल्याउनु अगाडि संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिनुपर्ने अडान राखेको छ । 

वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्दैशक डा गुणराज लोहनी तथा डा केसीका तर्फबाट डा सुरेन्द्र भण्डारी, डा अभिषेक राजसिंह र ओमप्रकाश अर्याल लगायतको टोली सहभागी थियो ।

डा केसीको स्वास्थ्य गम्भीर हुँदासमेत सरकारी पक्षले केसीको आन्दोलनलाई निस्तेज पार्न खोजेको केसी पक्षधरको निचोड छ । 

केसीको रोग बढ्यो 

१९ दिनदेखि जुम्लामा आमरण अनशनरत डा केसीलाई ‘हाइपोक्यालेमिया’ भएको छ । रगत परीक्षणका क्रममा डा केसीलाई हाइपोक्यालेमिया देखिएको उपचारमा सम्लग्न चिकित्सकहरुले बताएका छन् ।

यसअघि डा केसीले बार्ता टोली गठन नभएसम्म रगत परीक्षण नगराउने अडानमा थिए । बार्ता टोली गठन भएपछि उनको रगत परीक्षण गर्दा हाइपोक्यालेमिया पाइएको हो ।

के हो ‘हाइपोक्यालेमिया’ ?

डा केसीको उपचारमा संलग्न चिकित्सकका अनुसार चिकित्सकीय भाषामा रगतमा पोटासियमको मात्रा कम हुनुलाई हाइपोक्यालेमिया भनिन्छ । मानव शरीरमा पोटासियम मुटुको चाललाई ठिक ठाउँमा राख्न र अन्य मांसपेशीहरुलाई समेत स्वस्थ्य राख्न आवश्यक पर्दछ । यदि रगतमा यसको मात्रा घटबढ भएमा श्वासप्रश्वास , मुटु र मिर्गौलामा समेत गम्भीर असरहरु देखा पर्दछन् ।

हाइपोक्यालेमिया भएको बिरामीले सर्वप्रथम मांसपेशीहरु कमजोर भएको महशुस गर्दछ। खुट्टाबाट सुरु हुने यस किसिमको कमजोरी बिस्तारै शरीरको माथिल्लो भागतर्फ सर्दछ । उठेर बस्दा शरीर गल्ने अनि हात खुट्टा लुलो भएको जस्तो हुने समस्या डा केसीमा देखिदै आएको छ ।

पोटासियमको कमी भएसँगै पेटका मांसपेशीहरुमा पनि असाधारण परिवर्तनहरु आउँछ्न् जसका कारण पेट दुख्ने, वाकवाकी लाग्ने समस्याहरु देखिन थाल्छन् । 

यसका अलावा हाइपोक्यालेमियाको सबैभन्दा डरलाग्दो असर श्वासप्रश्वास , मिर्गौला र मुटुमा देखिन्छ । रगतमा पोटासियम कम भएसँगै, श्वासप्रश्वास गराउने मांसपेशीहरु पनि कमजोर हुँदै जान्छन् जसका कारण बिरामीलाइ सास फेर्न अप्ठ्यारो हुने र केही दिन भित्रमा श्वासप्रश्वास नै बन्द हुन सक्ने जोखिम रहन्छ । डा केसीलाई यस्तै हुनसक्ने भएको भन्दै अस्पतालले अनशनस्थलमा भेन्टिलेटर तयारी अवस्थामा राखेको जनाएको छ ।

मंगलबारको मेडिकल रिपोर्ट अनुसार डा केसीको मुटुको चालमा गढबढी देखिएको र मुटुको चालमा गढबढी आइ धड्कन नै बन्द हुनसक्ने देखिएको छ ।

मुटुको चालमा आउनसक्ने गढबढिलाइ ध्यानमा राख्दै अनशन स्थलमा डिफिब्रीलेटर तयारी अवस्थामा राखिएको छ । तर यसरी मुटुमा गम्भीर समस्या देखिएमा डा केसीलाई सीसीयुमा राखेर उपचार गर्नु पर्ने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ