arrow

डा गोविन्द केसीको विषय राष्ट्रसंघमा पुग्यो

भोटिङ गर्न आग्रह

logo
प्रकाशित २०७५ साउन २ बुधबार
govinda-kc1.jpg

बोष्टन। सत्याग्रही डा गोविन्द केसीको आमरण अनसनको विषय संयुक्त राष्ट्रसंघमा पनि पुगेको छ। अमेरिकाको बोष्टनस्थित सामाजिक अभियन्ता एवं स्रष्टा शिवप्रकाशले डा.केसीको प्राण रक्षा गर्न संयुक्त राष्ट्र संघीय मानवअधिकार आयोगसमक्ष अपिल गरेका गरेका हुन्। 

शिवप्रकाशले ‘चेन्ज डट ओआरजी’मा अपिल तयार गरी फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालमार्फ्त सबैसंग डा.केसीको जीवन बचाउने अभियानमा साथ दिन आव्हान गरेका छन् । 

त्यसका लागि जतिसक्दो छिटो र धेरै मात्रामा हस्ताक्षर संलकन गर्न उनले चेन्ज डट ओआरजीमार्फत् यो अभियान थालेका हुन् । बेलैमा आयोगसमक्ष अपिलको सुनुवाईका लागि एक लाख हस्ताक्षर पुर्याउनु उद्धेश्य रहेको छ ।

तर अनशनरत डा.केसीको स्वास्थ्य जटिल बन्दै गएको र सरकार क्रुर देखिएकोले चार हजार हस्ताक्षरसहित मानव अधिकार उलंघनको आरोपमा नेपाल सरकार विरुद्ध उजुरी पठाइएको छ । 

सत्याग्री डा. केसीको प्राण रक्षाका लागि उच्चस्तरबाट पहल हुन सक्ने देखेर आफुले संयुक्त राष्ट संघ, मानवधिकार उच्चायोग, जेनेभा, स्विट्जरल्याण्डमा जानकारी गराइएको अभियन्ता शिव प्रकाशले बताए ।

चिकित्सा शिक्षाको क्षेत्रमा व्यापक सुधार गर्न बनेको अध्यादेश बिना संसोधन विधेयकका रुपमा ल्याउन माग गर्दै डा.केसी १५ औं पटक फेरि अनसन बसेका छन् । १९ दिनदेखि आमरण अनसनमा रहेका उनको स्वास्थ्य अवस्था दिनदिनै गम्भीर बन्दै गइरहेको छ । 

जनताका डाक्टर तथा मानवताका पुजारी डा.गोविन्द केसीको प्राण रक्षाका लागि संयुक्त राष्ट्र संघ तथा राष्ट्रसंघीय मानवअधिकार आयोगसमक्ष अपिल गरिएको छ । केसी बचाउ अभियानकर्ता शिवप्रकाशले भने, एक लाख हस्ताक्षर पुर्याउन सके आयोगको ध्यान आकर्षित हुने थियो ।

अमेरिकाबाट अभियान थालिएको केही दिनमै करीब पाच हजारले समर्थन गर्दै मत दिएका छन् । 

के हो चेन्ज डट ओआरजी ? 
चेन्ज डट ओआरजीको मुख्य काम यसमार्फत् बढीभन्दा बढी हस्ताक्षर संकलन गरि सम्बन्धित निकायसम्म अपिल पुर्याउने हो । यस्तो अभियानले यस विषयमा अन्तराष्ट्रिय दवाव सृजना गर्न बाध्य बनाउने गर्छ । 

यो साइटलाई मानवअधिकारसम्बन्धी विश्वव्यापी संस्था एम्नेस्टि इन्टरनेशनल र ह्युमन राइट्स सोसाइटीले मुद्दाका रुपमा प्रबद्र्धन गर्ने गर्दछन् । 

यस साइटमार्फत् विगतमा अपिल गरिएका चर्चित विषयहरु आर्थिक र न्यायिक, मानवअधिकार, शिक्षा, वातावरण, संरक्षण, पशुअधिकार, स्वास्थ र दिगो खाद्य लगायत छन् । डा.गोविन्द केसीको प्राण रक्षा गर्न हस्ताक्षरका लागि लिंक - 

भोट कसरी दिने ?
तपाइँको एक क्लिकले डा केसीको प्राण रक्षा गर्न सक्छ । माथिको समाचारको लिंकमा क्लिक गर्नु पर्नेछ । त्यसपछि चेन्ज डट अर्गको ‘साइन इन दिस पिटिशन’ (रातो बटन) मा क्लिक गर्नु पर्नेछ । त्यसपछि ‘नाम र इमेल’ राखी साइन इन गरी फेसबुकमा शेयर गरेमा त्यो भोट जोडिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ