arrow

जंगली च्याउले चार जना सिकिस्त

logo
शैलेन्द्र रोकाया 
प्रकाशित २०७५ साउन २ बुधबार
forest-mushrooms.jpg

बझाङ । जंगलमा पाईने बिषादी च्याउ खाँदा एकै परिवारका तीन भाइसहित चार जना विरामी परेका छन् । तल्कोट गाँउपालिका वडा नम्बर १ सुनिकोट घर भएका एकै परिवारका तीन जना १४ बर्षिय सुरेश धामी, १२ बर्षिय राजेश र १० बर्षिय सन्दीप गम्भीर विरामी भएका हुन् । 

यस्तै छविसपाथीभेरा गाँउपालिका वडा नम्बर ५ बस्ने १७ बर्षिया रमीता नेपालीको अवस्था पनि चिन्ताजनक रहेको स्थानीयले बताएका छन् । 

मंगलबार च्याउ खाँदा बेहोस भएका चारै जनाको उपचार जिल्ला अस्पतालमा भैरहेको छ । मंगलबार बेलुका च्याउ खाएपछि बेहोस् भएका उनीहरुलाई राति नै उपचारका लागी जिल्ला अस्पताल लगिएको थियो । 

सरोजको अहिलेसम्म होस् फर्किएको छैन । उनको अचेत अवस्थामा उपचार भइरहेको जिल्ला अस्पताल बझाङले जनाएको छ । अरु बोल्न नसक्ने भए पनि बेहोस अवस्थामा भने छैनन् 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ