arrow

'डा.केसी मागमा म्यान्डेटसहितको वार्ता टोली नपठाए वार्ता बस्दैनौ'

logo
प्रकाशित २०७५ साउन २ बुधबार
dr-govinda-kc_(1).jpg

काठमाडौं। डा. गोविन्द केसीका मागको विषयमा सरकारले म्यान्डेटसहितको वार्ता टोली  नपठाए वार्तामा नबस्ने डा. केसीका प्रतिनिधिहरुले चेतावनी दिएका छन् ।  

आफ्ना मागहरु सम्बोधन गर्नका लागि सरकारले आवश्यक वातावरण नबनाएसम्म अर्को चरणको वार्ता गर्नुको औचित्य नरहेको भन्दै प्रतिनिधिहरुले वार्तालाई तार्किक निष्कर्षमा पुर्‍याउनका लागि तत्काल चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहितको वार्ता टोली पठाउन सरकारलाई आग्रह गरेका हुन् ।

वार्ता गर्न सरकारले टोली गठन गरेर झारा टार्ने काम मात्र गरेको उनका प्रतिनिधिहरुले बताएका छन्। प्रारम्भिक चरणको वार्तामा हालसम्म सरकारका तर्फबाट माग पूरा गर्न कुनै पहल नभएको तथा आवश्यक म्यान्डेट नै नदिई कर्मचारीहरु मात्र सम्मिलित वार्ता टोली पठाएको भन्दै उनीहरुले सरकारको वार्ता टोलीको आलोचना गरेका हुन् ।

सरकारको यस किसिमको कामको कारण आफ्ना मागको अन्तर्वस्तुमा गएर सार्थक वार्ता शुरु हुन नसकेको उनीहरुको भनाइ छ । एक विज्ञप्ति जारी गर्दै डा. केसीका प्रतिनिधिहरुले सरकार अझै वार्ताका लागि जिम्मेवार र संवेदनशील नभएको तथा उठाएका एजेण्डाहरुप्रति उदासीन रहेको स्पष्ट भएको बताएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ