arrow

चक्रपथभित्र राति ' मान्छे मार्ने लाइसेन्स ' बनेको 'टिपर' सञ्चालन गर्न पाइने

logo
प्रकाशित २०७५ साउन २ बुधबार
tipper-accident.jpg

काठमाडौँ । मंगलबारदेखि बेलुका ८ देखि बिहान ५ बजेसम्म चक्रपथभित्र राति ' मान्छे मार्ने लाइसेन्स ' बनेको 'टिपर' सञ्चालन गर्न पाइने भएको छ ।  काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको अध्यक्षतामा मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन तथा उपत्यकामा हुने बढ्दो दुर्घटना न्यूनीकरण गर्न उक्त निर्णय गरिएको प्रजिअ शर्माले जानकारी दिए ।

सरकारले उपत्यकामा दिउँसोको समयमा टिपर गुडाउन नदिने निर्णय गरेपछि पनि घटना रोकिएको छैन। दिउँसै त मार्न नछोड्ने टिपरले राति झन् के बाँकी राख्ला। सरकारले ढुक्कैसंग मार्न छुट दिनकै राति टिपर चलाउन भनेको त हैन भन्ने प्रश्न उब्जिएको छ।

जुनसुकै नियतले दिएको भए पनि गृहको निर्णय हचुवामा भएको स्पष्ट हुन्छ। दिनमा सजग भएर मोटरसाइकल चलाउनेहरुले रातिमा अब चलाउँदा हजार पटक सोच्नुपर्ने भएको छ। दिनमा त टिपर चलाउँदा ब्याक गरेर मार्न तम्सनेले रातिमा के गर्लान् भनेर सोचिरहनु पर्दैन।

चितवन भरतपुरकी १८ वर्षीया अनुजा घिमिरेलाई गत शनिबार टिपरले नै हिर्काएर सोल्टीमोडमा मार्यो। गत मंगलबार मात्रै जडीबुटीमा टिपरको ठक्करले एक युवाको मृत्यु भएको थियो। उक्त स्थलमै जेठ ३० गते टिपरकै ठक्करले एक युवतीको ज्यान गएको थियो। ती युवती विदेश जान तयार थिइन्।

टिपर महाकाल बन्दै गएको छ। महानगरीय प्रहरी ट्राफिक महाशाखाका अनुसार आर्थिक वर्ष २०७४–७५ मा मात्रै टिपरले ४१ जनाको ज्यान टिपेर लगिसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ