arrow

अमेरिकी राष्ट्रपतिसँग पुटिनको १३ औं भेट, कोसँग कस्ता कुरा भए ? 

सधैं एकैनासकाे सम्बन्ध

logo
प्रकाशित २०७५ साउन २ बुधबार
putin-obama.jpg

काठमाडौं । रुस र अमेरिकाको बीचको सम्बन्ध खासै राम्रो रहेको इतिहास छैन । केही न केही विवाद यी दुई मुलुकहरुको बीचमा रहने गरेको छ । यस्तोमा यी दुई मुलुकका राष्ट्रप्रमुखहरुको बीचमा हुने भेटवार्ताले पनि निकै ठुलो अर्थ राख्ने गर्छ । सोमबार फिनल्याण्डको हेल्सिन्कीमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बीचमा भेटवार्ता भएको छ । सोमबारको वार्ता अमेरिकामा विवादास्पद पनि भएको छ । 

भ्लादिमिर पुटिन विगत १८ वर्षयता रसियाको सत्तामा रहेका छन्, यस्तोमा उनले चार अमेरिकी राष्ट्रपतिहरुसँग १३ पटक भेटवार्ता गरिसकेका छन्, ट्रम्पसँगको वार्ता भने किन विवादास्पद बन्न पुग्यो भन्ने प्रश्न अहिले धेरै चसोको विषय हो । यसअघिका राष्ट्रपतिहरुसँग पुटिनको कस्तो वार्ता हुने गर्थ्यो त ? 

सन् १९९९ मा रसियाको प्रधानमन्त्री बनेको केही समयमा उनले अमेरिकी राष्ट्रपति विल क्लिन्टनसँग भेट गरेका थिए । नर्वेको ओस्लोमा भएको भेटको क्रममा उनीहरुको विषयमा चेन्चन्यामा रुसको सैन्य उपस्थितिको विषयमा कुरा भएको थियो । यो भेटमा पुटिनले अतिरञ्जित व्यवहार गरेको क्लिन्टनले बताएका थिए । 

पुटिन र क्लिन्टनको पुनः सन् २००० को जुन महिनामा वार्ता भएको थियो । जतिबेला पुटिन रसियाको राष्ट्रपति बनेका थिए । यो वार्तामा उनीहरुको बीचमा राष्ट्रिय मिसाइल सुरक्षाको विषयमा छलफल भएको थियो । त्यतिबेला दुवै मुलुकहरुको बीचमा प्लुटोनियमका हतियारहरु ध्वस्त गर्ने विषयमा सम्झौता भएको थियो । उनीहरुको बीचमा भएको संयुक्त पत्रकार सम्मेलनको क्रममा उनीहरुले एकआपमा हेर्दा पनि हेरेनन् । 

त्यसको एक वर्षपछि अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुससँग पनि पुटिनको भेट भएको थियो । स्लोभानियामा भएको एक सम्मेलनको क्रममा उनीहरुको बीचमा वार्ता भएको हो । यो वार्तापछि पुटिनको प्रशंसा गर्दै बुसले यी व्यक्तिमा आफ्नो मुलुकको विकास गर्ने भावना रहेको र दुई मुलुकहरुको बीचमा सम्बन्धमा सुधार आउनसक्ने बताएका थिए । त्यसकै केही महिनापछि २००१ को नोभेम्बर महिनामा उनीहरुको बीचमा पुनः भेटवार्ता भएको थियो । अमेरिकाको टेक्कसमा भएको तीन दिने सम्मेलनको क्रममा उनीहरुको बीचमा अमेरिका र रसियाले अघि सारेको न्युक्लियर कार्यक्रमहरु कम गर्ने विषयमा सम्झौता भएको थियो । 

सन् २००७ को जुलाई महिनामा पुटिन र बुसबीच पुनः वार्ता भएको थियो र यो वार्तामा चेक गणतन्त्र र पोल्याण्डको सैन्य सुरक्षा प्रणालीको विषयमा छलफल भएको थियो । 

सन् २००९ मा पुटिन र बाराक ओबामाको बीचमा पहिलोपटक भेटवार्ता भएको थियो । मस्कोमा भएको यो भेटपछि ओबामाले आगामी दिनमा अमेरिकासँगको सम्बन्ध थप बलियो हुनसक्ने आशा व्यक्त गरेका थिए । अमेरिका–रुससँगको सम्बन्ध विस्तारको लागि यो निकै महत्वपूर्ण अवसर रहेको उनको ठम्याइ रहेको छ । सन् २०१३ को जुन महिनामा पुटिन र ओबामाको बीचमा पुनः वार्ता भएको थियो । यो वार्ताको क्रममा उनीहरुको बीचमा सिरिया, इरान तथा उत्तर कोरियाको विषयमा छलफल भएको थियो । 

यद्यपि यो वार्ता हुनुभन्दा पहिला नै पुटिनसँगको पूर्वनिर्धारित वार्ता सुरुमा स्थगित गरेको भन्दै दुई मुलुकको सम्बन्धमा केही चिसोपना आएको थियो । त्यसपछि रुस र अमेरिकाको बीचमा सम्बन्ध थप चिसिन पुग्यो । सन् २०१४ को जुन महिनामा यी दुई नेताहरु पुनः वार्तामा बसेका थिए । यो वार्ता भने रसियालाई जी८ बाट निकालिएपछिको घटना थियो । युक्रेनको क्रिमियामा आफ्नो अधिकार जमाएको भन्दै उसलाई जी८ बाट हटाउने निर्णय गरिएको थियो । संयुक्त राष्ट्रसंघमा सन् २०१५ को सेप्टेम्बरमा उनीहरुको अर्को भेट भएको थियो । यो भेटमा पनि सिरिया, युक्रेनलगायतका विषयहरुमा छलफल भएको थियो तर कुनै सम्झौता भने हुन सकेको थिएन । 

सन् २०१६ को सेप्टेम्बरमा ओबामा र पुटिनको बीचमा पुनः भेटवार्ता भएको थियो । चीनको राजधानी सहरमा भएको भेटमा सिरियाको विषयमा छलफल भए पनि कुनै निष्कर्ष भने निस्किन सकेको थिएन । 

सन् २०१७ को जुलाईमा पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बीचमा भेटवार्ता भएको थियो । यो भेटपछि ट्रम्पले पुटिनको प्रशंसा गर्दै उनी निकै राम्रो व्यक्ति रहेको बताएका थिए । साथै आफूहरु बीचको वार्ता निकै सकारात्मक ढङ्गबाट अघि बढिरहेको उनले बताएका थिए । त्यसकै नोभेम्बर महिनामा पनि उनीहरुको बीचमा भेट भएको थियो । सो भेटको क्रममा भने पुटिनको सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कुनै भूमिका नरहेको ट्रम्पले बताएका थिए । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ