arrow

डा.केसीलाई सैनिक अस्पतालमा भर्ना गरी विधेयक पारित गर्ने धृष्टता गर्दै सरकार : गगन थापा

प्रेस युनियनको स्वास्थ्य शिविरमा डेढ सय पत्रकारको निशुल्क स्वास्थ्य जाँच

logo
प्रकाशित २०७५ साउन २ बुधबार
gagan-union.jpg

काठमाडौं । कांग्रेस नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिसँगको वार्तामा सरकारले अलिकति पनि गम्भीर नभएको बताएका छन ।

काठमाडौंमा नेपाल प्रेस युनियन केन्द्रीय समिति र हिल होम केयर प्रालिले संयुक्त रुपमा पत्रकारहरुका निम्ति गरेको ‘निशुल्क स्वास्थ्य परिक्षण’ कार्यक्रममा बोल्दै थापाले डा. केसीका माग पुरा गर्न तर्फ सरकार अग्रसर नभएको दाबी गरे ।

‘डा. केसीसँग वार्ता गर्न भनेर समिति गठन गरिएको छ, सरकारले वार्ताका लागि ठोस पहल गरेको छैन, थापाले भने,‘वार्ताका नाममा डा.केसीलाई काठमाडौंमा ल्याइ सैनिक अस्पतालमा भर्ना गर्ने र सदनबाट स्वास्थ्य शिक्षा विधेयक जबरजस्ती पारित गर्ने धृष्टता सरकारले गरेको छ ।’

उनले चिकित्सा क्षेत्रको सुधारको विषय राज्यको पुनसंरचनाको चरित्रसँग जोडिएको समेत स्पष्ट पारे । सरकारले जबरजस्ति रुपमा विद्येयक ल्याए र मुठभेडको अवस्था सृजना गरे  संख्याका आधारमा बलियो मानिएको सरकार फेल हुने नेता थापाले चेतावनी समेत दिए । थापाले तत्कालिन माओवादीले दुई तिहाइको बलमा संविधान पारित गर्न नहुने आग्रह गर्दा सहमतिबाटै संविधान ल्याएको उल्लेख गर्दै बर्तमान संसदमा भने दुइ तिहाइको बलमा स्वास्थ्य शिक्षा ऐन पारित गर्ने प्रयास गर्नु दुर्भाग्यपूर्ण हुने बताए ।

शिक्षा र स्वास्थ्य मुनाफाको विषय नभएको र यो राज्यको कर्तब्य रहेको थापाले बताए । माथेमा आयोगको प्रतिवेदनलाई टेकेर डा. केसीले उठाएका मागलाई कांग्रेसले स्वामित्व ग्रहण गरेकोमा खुशी ब्यक्त गर्दै थापाले विगतमा कांग्रेसको नेतृत्वमा चिकित्सा क्षेत्र र शिक्षा क्षेत्रमा भएका निर्णयमा केही कमीकमजोरी भएको भए त्यसलाई समिक्षा गर्दै सुधारेर जान कांग्रेस तयार हुनुपर्ने बताए ।

माथेमा आयोगको प्रतिवेदन र विभिन्न कार्यदलको सिफारिसमा अघिल्लो सरकारले चिकित्सा क्षेत्र सम्वन्धि विद्येयक ल्याएको भन्दै उनले आम जनताका विपक्षमा आउँने विद्येयकलाई कुनै हालतमा स्वीकार्न नसकिने जिकिर गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा.सुरेश आचार्यले सरकारले पत्रकारको स्वाथ्यसँग सम्वन्धित विषयमा जिम्मेवारी देखाउनु पर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेल, नेपाल प्रेस युनियन अध्यक्ष बद्री सिग्देल, डा. प्रकाश पौडेल लगायतले नियमित स्वास्थ्य परिक्षण गराउँदा हुने फाइदाका विषयमा धारणा राखेका थिए । पत्रकारहरुका लागि स्वास्थ्य परीक्षण कार्यक्रमको संयोजन युनियनका महासचिब अजयबाबु शिवाकोटी र केन्द्रीय सदस्य युवराज गौतमले गरेका हुन ।

दृष्टी आइ केयर सेन्टर र नेपाल नेशनल हस्पिटल कलंकीको समेत सहयोगमा भएको कार्यक्रममा पत्रकारिता क्षेत्रमा सक्रिय १ सय ५० बढी पत्रकारहरुले स्वास्थ्य परिक्षण गराएका छन। कार्यक्रममा आँखा, सुगर, प्रेसर, अक्सिजनको मात्रा लगायतको जाँच गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ