arrow

चिकित्सा शिक्षा विधेयकमा सरकारको चरम बदमासी, ४० बढी ठाउँमा यसरी गरियाे तोडमोड 

logo
प्रकाशित २०७५ साउन २ बुधबार
Bill.JPG

काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसीको मागलाई बेवास्ता गर्दै सरकारले विहिबार चिकित्सा शिक्षा विधेयक संसदमा पेश गर्न खोजिरहेको छ । 

डा. केसी पक्षसँग वार्ता गर्न गठन गरेको सरकारी टोलीले डा. केसीलाई काठमाडौं ल्याउने बाहेक अन्य विषयमा कुरै गर्न मानिरहेको छैन । सरकारले वार्ता भईरहेको हल्ला गरेपनि अहिलेसम्म सरकारका तर्फबाट माग पूरा गर्न कुनै पहल नभएको डा.केसीले जानकारी दिएका छन् । 

उनले विज्ञप्ति नै निकालेर आवश्यक म्यान्डेट नै नदिई कर्मचारीहरुको समूह पठाएर झारा टार्ने काम मात्रै गरेको उल्लेख गरेका छन् । गएको असार १६ देखि जुम्लामा अनसनरत केसीको स्वास्थ्यमा जुनसुकै बेला जे पनि हुनसक्ने चिकित्सकहरुले बताएका छन् । 

सरकारले यो वार्ता टोली डा. केसीलाई काठमाडौं ल्याउने कुरा गर्नकै लागि मात्रै बनाएको आरोप केसी पक्षको छ । 

केसीलाई काठमाडौं ल्याउन सके विधेयक अघि बढाउन सजिलो हुने दाउ सरकारले खोजीरहेको छ । चिकित्सा शिक्षा विधेयक फिर्ता लिएपछि मात्रै अन्य कुरामा अघि बढ्न किने डा. केसीको बटमलाईन हो । डा. केसीले चिकित्सा शिक्षा विधेयक फिर्ता लिन बढ्ता जोड दिनुको कारण वर्तमान सरकारले पहिलेको अध्यादेश आधा बढी तोडमोड गर्नु हो । सरकारले ४० भन्दा बढी ठाउँमा तोडमोड गरेको छ । 

यी हुन् सरकारले तोडमोड गरेका ठाउँ 


सरकारले बलजफ्ती संसदमा पेश गर्न लागेको विधेयक यस्तो छ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ