arrow

म्याडेटप्राप्त सरकारी वार्ता टोलीसँग मात्र वार्ता : डा. गोविन्द केसी

logo
प्रकाशित २०७५ साउन २ बुधबार
govinda-k-c.jpeg

काठमाडौं । डा. गोविन्द केसीले म्याडेटप्राप्त सरकारी वार्ता टोलीसँग मात्र वार्ता गर्ने बताएका छन् ।

डा. केसीले आफ्ना मागहरु सम्बोधन गर्नका लागि सरकारले आवश्यक वातावरण नबनाएसम्म अर्को चरणको वार्ता गर्नुको औचित्य नरहेको भन्दै  वार्तालाई तार्किक निष्कर्षमा पुर्‍याउनका लागि तत्काल चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहितको वार्ता टोली पठाउन सरकारलाई आग्रह गरेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनशनरत  डा. केसीले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ' नेपाल सरकारले हामीसँग प्रारम्भिक चरणको वार्ता गरेकोमा हालसम्म सरकारका तर्फबाट माग पूरा गर्न कुनै पहल नभएको तथा आवश्यक म्यान्डेट नै नदिइ कर्मचारीहरु मात्र सम्मिलित वार्ता टोली पठाएर झारा टार्ने काम मात्रै भएको छ । फलस्वरुप हाम्रा मागको अन्तर्वस्तुमा गएर सार्थक वार्ता शुरु हुन सकेको छैन । यसबाट सरकार अझै वार्ताका लागि जिम्मेवार र संवेदनशील नभएको तथा हामीले उठाएका एजेण्डाहरुप्रति उदासीन रहेको देखिन्छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ