arrow

ओलीले निकाले बादीलाई घरबाट, न्याय खोज्दै रबिना

logo
प्रकाशित २०७५ साउन २ बुधबार
badi.jpg

काठमाडौं । बर्दियाका श्यामलाल ओलीले बादी भएकै कारण आफ्नै श्रीमतीलाई घरबाट निकालेका छन् । जाजरकोटकी रबिना बादीलाई विवाह गरेर भित्र्याए पछि बादीको छोरी भएको भन्दै श्यामलालले घर निकाला गरेका हुन् ।  

न्याय खोज्दै काठमाडौं आएकी पीडित रबिना बादीले श्रीमान् श्याम ओलीले सार्वजनिक रुपमा आएर आफू र पाँच महिनाको छोरालाई स्विकार गरुन् भन्ने माग गरेकी छिन्  ।

उनले भनिन् , ‘महिला पुरुषको न्यानो ओछ्यानमात्रै हुन ? के शारिरिक सम्बन्धको लागि मात्रै हुन् ? हिजोको दिनहरुमा हामीले सहमतिमै विवाह गरेका थियौ, आज घरपरिवार सबै मिलेर मलाई अन्यायमा पार्न खोजियो, पाँच महिनाको छोरा छ, यस बाबुको के दोष छ र ? यसको भविष्य र मेरो जीवनको पूर्ण रुपमा जिम्मा श्यामलाल ओलीले नै लिनुपर्छ, त्यसको लागि सरकारले उनलाई कुन प्रकारको सजाय र जिम्मा दिने हो त्यो गर्नुपर्यो ।’

उनले अघि थपिन्, ‘कामको सिलशिलामा नुवाकोट जाउँ भनेर मलाई नेपालगंज बसपार्कमा ल्याएर अपलपत्र पारेर उनी आफू भागेका छन्, कैलाली, बर्दिया र काठमाडौंको प्रशासनले कुनै प्रकारको न्याय दिन सकेन । पछिल्लो समय सरु दिदी लगायतको सहयोगमा म राजधानी आइपुगेकी छु, अब यतै बसेर न्यायको लागि लडाई लड्नेछु ।’

बेसहारा अवस्थामा पुगेकी जाजरकोटकी रबिना बादीलाई राजधानीको सामाखुसीमा रहेको मानवसेवा आश्रमले जिम्मा लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ