arrow

चन्द्र भण्डारी भन्छन् - के गर्दैछन् केपी ओली बुझ्नै गार्‍हो !

इन्टरनेटको शुल्क बढाएकोमा आक्रोश

logo
प्रकाशित २०७५ साउन २ बुधबार
chandra-oli.png

काठमाडौं। काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझ्नै गार्‍हो भएको बताएका छन्। सरकारले इन्टरनेटको मुल्य बढाएको बिषयमा हाम्राकुरासँग संक्षिप्त कुरा गर्दै भण्डारीले भने, 'के गर्दै छन् केपी ओली बुझ्नै गार्‍हो छ!'

जनताले प्रयोग गरेको इन्टरनेट महसुलमा कर वृद्धि गर्न नहुनेमा भण्डारीको जोड छ । भण्डारीले भने ' संविधान निर्माणमा राजनीतिक पार्टीका कार्यकर्ताको पदको सुनिश्चितता गरिएको छ। जसका  कारण सरकारी खर्च अत्यधिक वृद्धि भएको छ । तसर्थ  ति ठाउँमा करको दायरा बढाउनु ठीकै मान्न सकिएला। लगानिको सदुपयोगको लागि भष्टचार नियन्त्रणको वहानामा देशका जनताको चाहना, आवश्यक्ता र पहुँचलाई नहेरी घाँस दाउरामा जाँदासम्म जनताले प्रयोग गरेको इन्टरनेट महसुलमा कर वृद्धि गर्नु हुदैन ।'

निर्वाचनताका तत्कालिन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले वाइफाइ फ्रि नारा दिएको सम्झदै उनले भने,  'निर्वाचनको समयमा संयुक्त  रुपमा जनता सामु उभिएर केपी र प्रचण्डजीले वाइफाइ  फ्रि अभियान चलाएका थिए । आज भ्रष्ट र तस्करसँग मिलेर जनताको अत्यावश्यक स्वतन्त्र अभिव्यक्ति, स्वास्थ्य शिक्षा, एवम् ईन्टरनेट सुविधा र पहुँचको अधिकारलाई लुट्न पाइँदैन ।'

अन्तर्राष्ट्रिय बजारमा इन्टरनेट सेवा सस्तो र सुलभ हुँदै गइरहेका बेला नेपालमा भने थप महँगो भएको छ । नेपाल सरकारले बजेट वक्तव्यमार्फत इन्टरनेट सेवामा कर लगाएका कारण इन्टरनेट सेवा थप महँगो भएको हो ।

सरकारले आर्थिक वर्ष २०७५/०७६को बजेट वक्तव्यमार्फत् इन्टरनेट सेवा प्रदायक संस्थाहरुलाई १३ प्रतिशत कर लगाउने व्यवस्था गरेको छ । संस्थालाई कर लगाएपछि इन्टरनेट सेवा प्रदायक संस्थाले इन्टरनेट प्रयोगकर्ता (उपभोक्ता)बाट थप रकम असुलेका छन् । कर बढाउने व्यवस्थासँगै उपभोक्ता मारमा परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ