arrow

सरकारविरुद्ध नेविसंघको पाल्पामा प्रदर्शन

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ साउन २ बुधबार
nsu-palpa.jpg

पाल्पा । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ पाल्पाले सरकारले माथेमा आयोगको प्रतिवेदनलाई टेकेर चिकित्सा शिक्षा विधेयक ल्याई डा. गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने, चर्को मूल्य वृद्धि रोक्नु पर्ने माग गर्दै सरकारको विरोधमा बुधबार तानसेनमा प्रर्दशन गरेको छ ।

 शित्तलपार्टीबाट  शुरु भएको विरोध प्रदर्शन तेस्रो सडक हुँदै प्रशासन अगाडि गएर कोणसभामा परिणत भएको थियो ।  नेविसंघका कार्यकर्ताले सरकार विरुद्ध विभिन्न पम्लेटहरु लिई चर्को नाराबाजी गरेका हुन् । उनीहरुले हातमा डा. गोविन्द केसीको जीवन रक्षा गर, माथेमा प्रतिवेदन हुबहु कार्यान्वयन गर, अधिनायकवाद मूर्तवाद, नेविस संघ जिन्दवाद, चरम महङ्गी नियन्त्रण गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

सरकार कम्युनिष्ट सर्वसत्तावाद लागू गर्नेतर्फ अघि बढेकाले विरोध प्रदर्शन गरेको नेविसंघ पाल्पाले जनाएको छ । कोण सभालाई सम्बोधन गर्दै नेविसंघका केन्द्रीय सदस्य हरिवोल भट्टराईले वर्तमान सरकारले अधिनायकवाद  लाद्न खोजेकाले त्यसका विरुद्ध नेसिंघ सडक र सदनमा संघर्ष गर्ने बताए । सरकारले  माथेमा आयोगको प्रतिवेदनको मर्मलाई बेवास्त गरेको भन्दै  यसले शिक्षा, स्वास्थ्यमा माफियाको जालोलाई अझ विस्तार गर्ने निश्चित रहेको सदस्य भट्टराईको भनाई थियो ।

नेविसंघका जिल्ला सभापति कृष्ण आलेले ‘दलाल पुँजीपति’ वर्गकै हितका निम्ति यो सरकारले आफ्नो अडान राख्ने हो भने त्यो प्रत्युत्पादक हुने बताएका छन् । डा. केसीजस्ता निस्वार्थ अभियानकर्ता पराजित हुन सक्छन् तर तिनले राखेका यी माग त्यत्तिकै खेर जान नदिने सभापति आलेले बताए । उनले भने सरकारले जनताको ढाड सेक्ने गरी मंहगी बढाएकाले यसका लागि  नेविसंघ सधै संर्घष गर्ने जनाकारी दिए ।

 कोणसभामा बोल्दै नेविसंघ त्रिभुवन बहुमुखि क्याम्पसका एकाई कार्यवाहक सभापति पुण्यप्रसाद सुवेदी, नेविसंघका जिल्ला सचिव दिपक पाण्डे लगायतले बोल्दै डा.  केसीको आन्दोलन र प्रा. केदारभक्त माथेमाको प्रतिवेदन नै बहुसख्ंयक जनताको कल्याण र हितमा रहेकाले माथेमा प्रतिवेदन हुबहु कार्यान्यवयन गर्नु पर्नेमा जोड दिए ।  नेविसंघका अर्को सचिव सुरेश बोहोराको सञ्चालनमा भएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ