arrow

बुर्तिबाङ बजारमा बाढी पस्यो, दर्जनौ घरमा क्षती

logo
नारायण रिजाल,
प्रकाशित २०७५ साउन २ बुधबार
murtadi.jpg

बागलुङ ।  मंगलबार दिउँसो देखि आएको अविरल वर्षासँगै आएको बाढी पहिरोले जिल्लाको पश्चिम बुर्तिबाङ बजारमा ठुलो क्षती पुगेको छ । देशकै नमुना साना शहर मध्येको एक शहरको रुपमा रहेको बुर्तिबाङ बजारमा बाढिले लाखौंको क्षती गर्नका साथै बजार बासीलाई नै त्रसित बनाएको छ ।  

वर्षासँगै बुर्तिबाङ बजार नजिकैको बतासे खोलामा आएको बाढि पहिरोका कारण बजारको देवचोक, हस्पिटल लाईन, सिनेमारोड क्षेत्रमा गरी करिब डेढ दर्जन बढि घरमा क्षती भएको छ ।  ठाडो खोलामा आएको भेल सहितको बगर बजार क्षेत्रमा पसे पछि बजार क्षेत्र अस्तव्यस्त भएको हो ।

मंगलबार राति करिब १२ बजेदेखि आएको भेल बजार क्षेत्रका घरमा पस्दा दजैनौ घर र घरमा रहेका सामाग्रीहरुमा क्षती पुगेको प्रहरीले जनाएको छ । बजार बासीहरु बाढीका कारण रातभर जाग्रम बस्न बाध्य भएको स्थानिय ऋतुवर्ण पौडेलले बताए ।  

बजार क्षेत्रमा केही पक्की घर  भए पनि अकिाशं कच्ची घरहरु रहेका छन । स्थानिय बासीले बुधबार विहानदेखी घरमा रहेका सामाग्रीहरु व्यवस्थापनमा लागेका छन । त्यसै गरी ढोरपानट नगरपालिका–२ सेरामा समेत पहिरोका कारण एक घरमा पुर्ण रुपमा क्षती भएको छ ।

स्थानीय दिलबहादुर पुनको घरमाथि देखि आएको पहिरोका कारण घर पुर्णरुपमा भत्किएको हो । पहिरोले पुनको घर नजिकैको अमरबहादुर क्षेत्रीको घरमा समेत क्षती पुर्‍याएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ओमप्रकास यादबले बताए । बाढि पहिरोबाट पिडित परिवारलाई तत्कालका लागी नजिकैको जनता बोर्डिङ स्कुलमा बस्नका लागी व्यवस्थापन गरिएको ढोरपाटन नगरपालिकाले जनाएको छ । व्यवस्थापनका लागी प्रहरी ईलाका प्रशासन कार्यालय बुर्तिबाङ, नेपाल रेडक्रस सोसाईटि उपशाखा, बिपद व्यवस्थापन समिती, ढोरपाटन नगरपालिका लगायतका संस्थाले सहयोग गरेका छन ।

लागतारको बर्षातकै कारण मध्यपहाडि लोकमार्ग अन्र्तगत बागलुङ— बुर्तिबाङ सडक खण्ड पुर्ण रुपमा अबरुद्ध भएको छ । त्यस्तै बुर्तिबाङ—निसि, बुर्तिबाङ— ढोरपाटन , बुर्तिबाङ—तमान सडक समेत अबरुद्ध भएको प्रहरीले जनाएको छ ।  सडक अबरुद्ध हुंदा यात्रुलाई समस्या भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ