arrow

बागलुङको रिघामा जिप दुर्घटना, पत्रकार उजिर मगर सहित १४ घाईते

logo
नारायण रिजाल,
प्रकाशित २०७५ साउन २ बुधबार
ujir-magar-accident.jpg

बागलुङ। जिल्लाको गल्कोट नगरपालिका–११ रिघा भालुपाईलेस्थित रईले खोला नजिक जीप दुर्घटना हुँदा १४ जना घाईते भएका छन्।

बागलुङ बजारदेखि बुर्तिवाङको लागि छुटेको ध १ ज १४९ नम्बरको जीप अनियिन्त्रत भई सडक नालीमा पल्टिदा जीपमा सवार १४ जना घाईते भएको ईलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी नायव निरीक्षक मन बहादुर बिकले जानकारी दिए ।

घाईते मध्ये चार जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। जिपमा नेपाल पत्रकार महासंघका पुर्व महासचिव उजिर मगर पनि सवार रहेका थिए । 

मगर सहित ८ जनाको अवस्था केही जटिल रहेको कारण थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।

गम्भिर घाईते हुनेमा बडीगाड गाउँपालिका–५ की संगीता पुन, गल्कोट नगरपालिका–१० पाण्डवखानीका दिपक पुन, पत्रकार महासंघका पुर्व महासचिव ढोरपाटन नगरपालिका–४ का उजिर मगर र बडीगाड–९ का दिलेन्द्र बुढा मगर रहेका छन्।

त्यस्तै बेनी नगरपालिका–३ की तिर्सना छन्त्याल, सोही स्थानकी कल्पना छन्त्याल, बडीगाड गाउँपालिका–९ का सुमन बुढा मगर र काठेखोला गाउँपालिका–३ धम्जाका टिकाराम नेपाली रहेको प्रहरी नायव निरीक्षक विकले जानकारी दिए । उनिहरुलाई थप उपचारका लागी पोखरा पठाईएको छ।

अन्य घाईतेहरु निसीखोला गाउँपालिका–४ का मकर थापा, कावासेती नगरपालिका १५ नवलपरासीका राजकुमार श्रेष्ठ, बडीगाड गाउँपालिका–३ का कृष्ण थापा, ढोरपाटन नगरपालिका–९ का मन्जु कार्की र उनकी छोरी रञ्जिता कार्की, बडीगाड गाउँपालिका–६ का लोकबहादुर खत्री रहेका छन्। उनीहरुको आरोग्य अस्पताल हटियामा उपचार भैरहेको छ ।

जिप साँझ ७ बजेको समयमा दुर्घटना भएको थियो। जीपमा आवश्यक भन्दा बढी यात्रुहरु राखेको कारण दुर्घटना भएको हुन सक्ने स्थानियको अनुमान छ। घटनाको बारेमा अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ