arrow

टिपरले काठमाडौंमा मान्छे मार्न छाडेन, स्वयम्भूमा मोटरसाइकल चालकको मृत्यु 

logo
प्रकाशित २०७५ साउन ३ बिहिबार
tipper-accident.jpg

काठमाडौँ । स्वयम्भूमा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कंलकीबाट बालाजुतर्फ आइरहेको बा९६प ५९३७ नंको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना६ख ५६४८ नंको टिपरले ठक्कर दिँदा मोटरसाइकल पछाडि बसेका गोरखा सुलिकोटका ६६ वर्षीय मोहन पनेरु क्षेत्रीको मृत्यु भएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले टिपरको ठक्करबाट गम्भीर घाइते भएका पनेरुको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा बाटोमा निधन भएको जानकारी दिए ।

मोटरसाइकल चालक रौतहटका ३२ वर्षीय रन्जित तिमल्सेना भने घाइते भएका छन् । डिब्बाका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ