arrow

नदीमा खतरा कम तर सतर्कता जरुरी

logo
प्रकाशित २०७५ साउन ३ बिहिबार
mahakali.jpg

काठमाडौं । बाढी पूर्वानुमान शाखाले आगामी तीन दिनसम्म खासै ठूलो असर पर्ने खाले वर्षा नदीमा नआउने भए पनि सचेतना अपनाउन आग्रह गरेको छ ।

विज्ञप्ति जारी गर्दै शाखाले देशका प्रमुख नदीहरु कोशी, गण्डकी, कर्णाली, महाकाली, बाग्मती, सेती, राप्ती लगायतमा खतरा तह भन्दा माथि रहेर बाढी आउने सम्भावना कम रहेको जनाएको छ । 

त्यसैगरी शाखाले हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान रहेकाले पहाडी र चुरे क्षेत्रका स–साना खोला आसपास वर्षा भइरहँदा सतर्कता भने अपनाउन आग्रह गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ