arrow

बाहिर जुम्ली महिलाको घेराऊ भित्र चिकित्सक विद्यार्थी र कर्मचारीको अवरोध

logo
प्रकाशित २०७५ साउन ३ बिहिबार
jumli.jpg

जुम्ला । सरकारले एकतर्फी रुपले प्राडा गोविन्द केसीलाई अपहरण शैलीमा जवरजस्ती काठमाडौं ल्याउने तयारी गरेपछि जुम्ली नागरिक समाज एकाएक तातेको छ । बल्लबल्ल जुम्ला पुग्ने वरिष्ठ चिकित्सकमा आफूलाई नै माया गर्ने डाक्टर यहीं भएको भन्दै जुम्ली महिलाहरु सक्रिय भएर भेला भएका छन् । 

उनीहरुले डा केसीका सबै माग पूरा गरेर मात्रै काठमाडौं लैजान पनि सरकारलाई आग्रह गरेका छन् । 

सरकारले केसीलाई लैजान हेलिकोप्टर झिकाएपछि जुम्ली महिलाहरु एक ढिक्का भएर जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेला भएका छन् । 

सुरक्षाकर्मीले उनीहरुलाई भित्र प्रवेश गर्न दिएका छैनन् । 

त्यसैगरी अस्पताल भित्र चिकित्सा विद्यार्थीहरुले पनि मानव साङ्लो बनाएर अवरोध गरिरहेका छन् । बिहान हेलिकोप्टर पुगे पनि अहिलेसम्म डा केसीलाई ल्याएर उड्न सकेको छैन 

अस्पतालका कर्मचारी पनि आन्दोलित भएका छन् । कर्मचारी, विद्यार्थी चिकित्सक र स्थानीयको अवरोधले २० दिनदेखि आमरण अनसनरत डा केसीलाई काठमाडौं ल्याउन नसकिएको हो । 

अस्पतालमा अत्यावश्यकीय बाहेकका सेवा ठप्प पारिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ