arrow

खुल्यो नारायणगढ मुग्लिन सडक 

logo
प्रकाशित २०७५ साउन ३ बिहिबार
mugling-narayangadh.jpg

चितवन । बिहिबार विहानदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–६ टोपे खोलामा खसेको पहिरो पन्छाइएपछि सो सडक सञ्चालनमा आएको हो । 

टोपे खोलामा बिहान ५ बजे पहिरो खसेर अवरुद्ध भएको सडक पहिरो पन्छाएसँगै बिहान ०९ः४५ बजेबाट सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

पहिरो पन्छाउनका लागि दुबैतर्फबाट डोजर प्रयोग गरिएको थियो । सडक सञ्चालनमा आएसंगै पहिरोका कारण रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

सडक निर्माणका क्रममा बिभिन्न ठाउँमा भित्तो काटिएका कारण जुनसुकै समयमा पनि पहिरो खस्न सक्ने भन्दै सजग भएर यात्रा गर्न प्रहरीले सबैलाई अनुरोध गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ