arrow

दुई वर्षपछि सकियो टर्कीको आपतकालीन अवस्था

logo
प्रकाशित २०७५ साउन ३ बिहिबार
turkey1.jpeg

काठमाडौं । दुई वर्षपछि टर्कीको आपतकालीन अवस्था हटेको छ । विहीबार आपतकालीन अवस्था अन्त्य भएको बताइए पनि विपक्षीहरुले यसको सट्टामा सरकारले वैध तरिकाबाट नै थप दमनकारी नियम ल्याउनसक्ने आशंका व्यक्त गरेका छन् । 

सन् २०१६ मा टर्कीमा भएको कू को असफल प्रयासको क्रममा अंकारामा व्यापक मात्रामा बमबारी तथा हिंस्रक झडप भएको थियो । यो घटनाम २४९ जना मानिसहरुको ज्यान गएको थियो । 

सरकारी समाचार एजेन्सीका अनुसार आपतकालीन अवस्था सामान्य अवस्थामा तीन महिनाभन्दा बढी समय नलाग्ने भए पनि टर्कीमा भने यो अवधि सातपटकसम्म बढेको हो । आपतकालको अवस्थामा टर्कीमा करिब ८० हजार मानिसहरुलाई पक्राउ गरिएको थियो । यसको करिब दुई गुणा मानिसहरुको सरकारी रोजगारी खोसिएको थियो । 

टर्कीमा भएको सो कू को प्रयासमा अमेरिकाको धर्म प्रचारक संस्थाको साथै कूर्द तथा वामपन्थीहरुलाई पनि आरोप लगाइने गरिएको छ । गत महिना टर्कीका राष्ट्रपति एडोर्गानले निर्वाचन प्रचारको क्रममा सत्तामा आफ्नो पुनरागमन भएसँगै आपतकालको अन्त्य गर्ने बताएका थिए । 

यद्यपि विपक्षी नेताहरुले भने सरकारले प्रस्ताव गरेको नयाँ कानुनको विरुद्धमा आक्रोश व्यक्त गरेका थिए । प्रमुख प्रतिपक्षी पार्टीका नेताले टर्कीको सरकारको नयाँ कानुनको प्रस्ताव रआपतकाल जस्तो रहेको बताएका थिए । 

एडोर्गान दोस्रोपटक राष्ट्रपतिको रुपमा निर्वाचित भएका थिए । दोस्रो विश्वयुद्धयता उनलाई कुनै पनि राष्ट्रप्रमुखलाई मिलेको भन्दा बढी शक्ति मिलेको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ