arrow

जुम्लामा राज्य आतंक, अस्पतालभित्र केसी समर्थक स्थानिय, डाक्टर र विद्यार्थीमाथि प्रहरी कार्वाही

अस्पतालमै अश्रुग्याँस प्रहार, पत्रकारमाथि कुटपिट, देवकोटाको फुटाइयो क्यामेरा

logo
ईश्वरीप्रसाद देवकोटा,
प्रकाशित २०७५ साउन ३ बिहिबार
jumla-students.jpg

जुम्ला। जुम्लामा सरकारी राज्य आतंक भच्चिएको छ। स्वास्थ्य शिक्षामा आमल परिवर्तनको माग आमरण अनशन बसेका डा गोविन्द केसीलाई कुनै पनि हालतमा काठमाडौ लैजान प्रहरीले अस्पताल परिसरमा लाठिचार्ज गरेको छ। 

अस्पताल हातामा रहेका केसीका समर्थक स्थानिय, डाक्टर र विद्यार्थीमाथि प्रहरीले कार्वाही गर्दै अन्धाधुन्द लाठीचार्ज गरेको छ। प्रहरी अस्रुग्याँ प्रहार गरेर डा गोबिन्द केसी लिन अस्पताल प्रवेश गरेको छ।   लाठीचार्ज गर्दा दुई दर्जन बढि डाक्टर घाइते भएका छन् । प्रहरीले अस्पतलाको वार्डमा पसेर विरामी कुरुवा लगायत अन्यलाई लाठीचार्ज गरेको छ ।  लाठीचार्जबाट अस्पताल भित्र लाखौ बराबरको क्षती भएको छ ।

अस्पताल भित्र लाठीचार्ज गरेर प्रहरी बाहिर निस्किएको छ ।  स्थानीयहरु डा. केसीको माग पुरा नभएसम्म उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनबाट लान नदिने भन्दै अस्पताल बाहिर प्रदर्शन गरिरहेका छन् ।  अस्पतलमा प्रहरीले क्षती पुराएकोमा क्षतिपुर्ति दिनुपर्ने र ओली सरकारले माफि माग्नु पर्ने भन्दै प्रदर्शन गरिरहेका छन् ।     

स्थानिय पत्रकार एलपी देबकोटा क्यामेरा तोडफोडका साथै पत्रकारमाथि लाठी चार्ज भएको छ। 

केसीलाई काठमाडौं पठाउन सहजीकरण गर्न गएका कर्णालीका मुख्यमन्त्रीलाई आफू माग पुरा नभएसम्म काठमाडौं नजाने जानकारी दिएर पठाए लगत्तै प्रहरीले अस्पतालमा कार्वाही थालेको थियो। 

यसअघी विद्यार्थीहरुले प्रहरीलाई अस्पताल हाताबाट बाहिर ल्याउन सफल भएको डा नारायण कर्णेलले जानकारी दिएका थिए। 

त्यसैगरी अस्पताल हाता बाहिर जुम्ली नागरिक समाज र आमा समूहले चर्को नाराबाजी गर्दै प्रहरी प्रशासनलाई हालयकायल बनाएका थिए। उनीहरुले अपहरण गर्न पाइँदैन भन्दै प्रदर्शन गरेका हुन् । 

डा केसीले पनि आफू यथास्थितिमा कुनै पनि हालतमा काठमाडौं नजाने बताउँदै आएका छन् । केसीले आफ्नो आन्दोलन तुहाएर सरकारले आफू खुशी संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गराउने उद्धेश्यमा लागेको भन्दै प्रतिकार गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ