arrow

जबरजस्ती करणीको आरोपमा एक युवा पक्राउ

logo
नारायण रिजाल,
प्रकाशित २०७५ साउन ३ बिहिबार
Child-rape.jpg.jpeg

बागलुङ ।  जर्बजस्ती करणीको आरोपमा जिल्लाको दक्षिण जैमिनी नगरपालिकामा प्रहरीले एक युवालाई नियन्त्रणमा लिएको छ । जैमिनी–४ सर्कुवाकी एक बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा जैमिनी–९ पैयुँथन्थापका २८ बर्षिय अर्जुन नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

एसईई पुरक परिक्षाको तयारीका लागि कुश्मीसेरा बजारमा ट्युसन पढेर घर फर्कदै गरेकी बालिकालाई जैमिनी–४ मौलाछको जंगलमा नेपालीले जर्बजस्ती करणी गरेको प्रहरीले जनाएको छ । एक्लै घर फर्किंदै गरेकी बालिकालाई जंगलमा भेटेर बुधबार बिहान करिव ११:३० को समयमा नेपालीले जर्बजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक बयानका क्रममा बताएका छन् ।
 
करणी गर्ने क्रममा चिच्चाईरहेकी बालिकाको स्वर सुनेर घटनास्थल नजिकै पुगेका स्थानीयलाई देखेपछि नेपाली भागेका थिए । घटनाको बिषयमा जानकारी पाएलगत्तै खोजी कार्यमा लागेका जैमिनी–४ का वडाध्यक्ष चक्र थापाको सहयतामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 नेपाली माथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक दामोदर भट्टराईले बताए । प्रहरीले नेपाली बिरुद्ध जवरजस्ती करणीको मुद्धा दर्ता गरिसकेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पिडित बालिकालाई चेकजाँच र उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङमा ल्याईएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ