arrow

पोखरामा प्रम ओलीलाई कालो झण्डा, नेविसंघका ३० पक्राउ

logo
प्रकाशित २०७५ साउन ३ बिहिबार
kp-oli5.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन पुगेका ३० जना नेविसंघका कार्यकर्ताहरु पक्राउ परेका छन् । डा. गोविन्द केसीको मागमा सरकार उदासीन रहेको भन्दै सरकारको आलोचना गर्दै आएको कांग्रेसको भातृसंगठन नेविसंघले विहीबार पोखरा पुगेका ओलीलाई कालो झण्डा देखाएका हुन् ।

कांग्रेसले पछिल्लो समय सरकार अधिनायकवादतर्फ उन्मुख भइरहेको र गैरजिम्मेवार देखिएको भन्दै आफ्ना भातृसंगठनहरुलाई आन्दोलन सशक्त बनाउनका लागि निर्देशन दिएसँगै विहीबार प्रधानमन्त्रीमाथि कालो झण्डा देखाइएको हो ।

कांग्रेसले चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता तथा सरकारको अधिनायकबादी शैली बिरुद्ध साउन ३ गतेदेखि आन्दोलन गर्ने जनाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ