arrow

जुम्लाका सीडीओ सेनाको हेलिकोप्टर कुरुवा !

logo
प्रकाशित २०७५ साउन ३ बिहिबार
jumla_cdo.png

जुम्ला । सरकारले डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन भनि पठाएको हेलिकोप्टर नेपाली सेनाको भगवती दलमा थन्किएको छ । 

डा. गोविन्द केसीलाई समर्थकहरुले बलजफ्ती काठमाडौं लैजान नदिएपछि हेलिकोप्टर सेनाको गणतिर लगेर राखिएको हो । जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल हेलिकोप्टर गणमा राखेदेखि हेरालो (कुरुवा)बसिरहेका छन् । 

जिल्ला प्रशासनको काम कारबाही सहायक प्रमुख जिल्ला अधिकारी टेक बहादुर बुढथापाले हेरिरहेका छन् । उनले आफु कार्यालयमा काममै व्यस्त भएकाले घटनाक्रमबारे धेरै जानकारी नपाएको बताए । उले भने, ‘सीडीओ सा’व उतै गणतिर जानु भएको छ । यहाँ कार्यालयमा म एक्लै छु । सेवा ग्राहीको कामका कारण म घटनक्रमबारे त्यति जानकार छैन । झपड भयो भन्ने सुनेको छु । त्यो पनि सामान्य झडप हो भनिएको छ ।’ उनले सामान्य भनेको झडपमा प्रहरीलाई नै गोली लागेको छ भने केसी समर्थक ३०–४० जना घाईते भएका छन् । 

हेलिकोप्टर गणमै किन राखिएको, के केसीलाई लगि छोड्ने हो त ? उनले भने, ‘धेरै कुरा थाहा भएन । हेलिकोप्टर उठेको छैन । सीडीओ सा’व त्यहीँ हुनुहुन्छ ।’ केही न केही तयारी भईरहेको होला । म नागरिकता बनाउने काममा लागिरहेको छु । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ