सरकारले बलजफ्ती केसीलाई काठमाडौं ल्याउँदै, सेनाको व्यारेक पुर्याईयो
प्रकाशित २०७५ साउन ३ बिहिबार
179
Shares
काठमाडौं । २० दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीलाई सरकारले बलजफ्ती काठमाडौं ल्याउँदै छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत केसीलाई उठाएर नेपाली सेनाको ब्यारेकमा पुर्याएको छ । जहाँ सेनाको हेलिकोप्टर राखिएको छ ।
बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरेर डा. केसीलाई अस्पतालबाट बाहिर निकाल्न खोज्दा स्थानीय महिलाहरुले अवरोध गरे । प्रहरीले फेरि बर्सायो । प्रहरी लाठी चार्ज गर्दै अस्पताल भित्र छिरेको थियो । प्रहरीले बल प्रयोग गरेपछि जुम्लाको अवस्था फेरि तनाव ग्रस्त भएको छ ।