arrow

भारतलाई चीनको अर्को झड्का, पाकिस्तानपछि म्यानमारमा लगानी विस्तार 

logo
प्रकाशित २०७५ साउन ३ बिहिबार
corridor.jpg

काठमाडौ । पछिल्लो समय पाकिस्तानसँग व्यापक लगानी गरिरहेको चीनको आँखा म्यानमारमा परेको छ । चीन म्यानमारसँग आर्थिक कोरिडोर निर्माण सम्झौताको नजिक पुगेको हो । एकपटक आफ्नो योजना लागू गर्न सकेको खण्डमा चीनको म्यानमारको लगानीमा व्यापक सुधार हुनेछ, यसले म्यानमारमा भारतको प्रभाव कमजोर बनाउनसक्ने देखिएको हो । 

म्यानमारका एक वरिष्ठ अधिकारीले बुधबार म्यानमार अब छिटै नै चीनसँग आर्थिक सम्झौता गर्ने तयारीमा रहेको बताएका हुन् । म्यानमारका अधिकारीहरुका अनुसार म्यानमारसँग हुन लागेको यो सम्झौता विश्वस्तरको निर्माण, सञ्चार सुविधामा सुधार तथा कृषिको अवस्थामा उल्लेख्य सुधारको लागि ल्याइएको योजनाको आधारमा यो सम्झौता हुन लागेको अधिकारीहरुको भनाइ छ । 

स्रोतले दिएको जानकारीअनुसार अहिले दुवै मुलुकहरु छिटै यो सम्झौतामा हस्ताक्षर गर्ने दिशामा अघि बढिरहेका छन् तर यसका लागि उनीहरुले निकै चुनौतीहरुको सामना गरिरहेका छन् । म्यानमारका धेरै भागहरुमा जारी रहेको जातीय संघर्ष र केही वर्गका मानिसहरुमा रहेको चीनविरोधी भावना यो सम्झौताको प्रमुख बाधक रहेको बताइएको छ । 

साथै म्यानमारलाई चीनको ऋणमा डुबिने डर पनि रहेको छ । जसको कारण म्यानमारले यसअघि पनि आफ्नो चीनको आर्थिक सहयोग लिने योजना बन्द गरिसकेको छ । योजनाअनुसार यो कोरिडोरले चीनको युनान प्रान्तलाई म्यानमारको प्रमुख तीन आर्थिक क्षेत्रहरु मंडले, यांगून न्यू सिटि र क्यापू स्पेशल इकोनोमिक जोनसँग जोड्नेछ । 

यो कोरिडोरको माध्यमबाट म्यानमारको यांगून तथा हिंसाग्रस्त क्षेत्र रखाइनको बीचको आवागमनमा पनि सुधार आउने बताइएको छ । चिनियाँ सञ्चारमाध्यमले बताएअनुसार अब म्यानमारसँगको सम्झौतालाई लिएर बाँकी सबै आशंकाहरु सकिएका छन् । म्यानमार बंगलादेश–चीन–भारत–म्यानमारको आर्थिक कोरिडोरको सुस्त गतिको कामबाट असन्तुष्ट रहेको कारण पनि चीनसँग प्रत्यक्ष सम्झौता गरी छिटो आर्थिक बाटो खुला गर्ने योजनामा म्यानमार रहेको हो । (एजेन्सी)



नयाँ