arrow

माइतीघर मण्डला र जुम्ला घटनामा सरकारले ज्यादती गर्‍यो : देउवा

logo
प्रकाशित २०७५ साउन ३ बिहिबार
deuba-1.jpg

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गरेका छन्  । प्रतिनिधिसभाको बिहिबारको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी बिहिबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएको छ ।

प्रतिनिधिसभाको बैठक सारिएकामा संसद् परिसर नयाँ बानेश्वरमा प्रतिक्रिया दिँदै सभापति देउवाले माइतीघर मण्डला र जुम्ला घटनामा सरकारले ज्यादती गरेको बताए ।
 
सभापति देउवाले डा केसीले उठाएका सबै माग र उहाँको स्वास्थ्य उपचारमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । यसअघिको सरकारले संसद्मा पेश गरेको चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक संसदमा ल्याइनुपर्ने उनको माग थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ