डेटलाईन जुम्ला : डा. केसीलाई अस्पतालबाट उठाउँदा कर्फ्यू लाग्यो
स्थिति सामान्य, विरामीको उपचार हुन थाल्यो
प्रकाशित २०७५ साउन ३ बिहिबार
765
Shares
जुम्ला । डा. गोविन्द केसीलाई काठमाडौं पठाईएपछि जुम्लाको स्थिति सामान्य भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको उपचार हुन थालेको छ, भने डा. केसीलाई लैजान खोज्दा भएको झडपमा घाईते भएकाहरुको पनि उपचार भईरहेको छ ।
दुई प्रहरी जवान घाईते छन् । घाईते दुई प्रहरी मध्ये कमल आचार्यको अवस्था जटिल छ ।, उनको छातीमा गोली लागेको छ । गोली चलेको समयमा उनी सादा पोसाकमा रहेको बताईएको छ । डा. केसीको समर्थनमा अवरोधमा उत्रिएका चिकित्सक र विद्यार्थी मध्ये ३० जना घाईते छन् । नागरिक समाजले डा. केसी फर्किए पनि आन्दोलन नरोकिने बताएको छ ।
डा. केसीलाई अस्पतालबाट उठाउँदा कर्फ्यू लाग्यो
२० दिन जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उठाउँदा प्रहरी, प्रशासनले कर्फ्यू लगायो । त्यति गर्दा पनि स्थानीय महिलाले सरकारी अधिकारीलाई रोक्न खोजे । प्रहरीले लाठी बर्सायो । डीएसपीले कर्फ्यू लागेको सुनाएपछि सबै जना तित्तरवित्तर भए । डा. केसीलाई बाहिर निकालियो । स्थानीय महिलाहरुले माला लगाएर विदाई गरे । डा. केसी काठमाडौं फर्किदा निकै रोए । उनले नागरिकलाई दुःख नदिने समेत बताए ।