काठमाडौं । नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रा डा गोविन्द केसीले उठान गरेका माग राजनीतिक विषय बनाउन नहुने बताएका छन् ।
बिहिबार संसद् भवनबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री नेपालले भने – “जुम्लामा आमरण अनशनरत प्रा डा गोविन्द केसीले उठान गरेका माग के कति जायज छन्, के कति जायज छैनन् भन्ने विषयमा अध्ययन हुनुपर्छ, जायज छन् भने सम्बोधन हुनुपर्छ, छैनन् भने यति कारणले छैनन् भन्नुपर्छ ।”
उनले डा केसीका मुद्दालाई नेपाली कांग्रेसले राजनीतिक विषय बनाउन नहुने बताए र शिक्षा र स्वास्थ्यका बेथिति र विकृति अन्त्य हुनुपर्नेमा जोड दिए ।
नेकपाका सांसद कृष्णभक्त पोखरेलले प्रमुख प्रतिपक्षी दलले सार्वभौम संसद्को अधिकारलाई सम्मान गरेर चिकित्सा शिक्षा विधेयक संसद्मा प्रस्तुत गर्न दिनुपर्ने बताए ।