arrow

नेविसंघका बिद्रोहीहरुले सुरु गरे विधान माथि छलफल

logo
प्रकाशित २०७५ साउन ३ बिहिबार
NSU_NEW_Flag.jpeg

काठमाडौं । नेविसंघको आन्तरिक राजनीतिमा बिद्रोह गरेकाहरुले नयाँ विधान माथि छलफल शुरु गरेका छन् ।  नेपाल विद्यार्थी संघको उपाध्यक्ष नविन राईको नेतृत्वमा नेविसंघको विधान माथि छलफल शुरुवात भएको हो ।

 बिहिबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा वृहत विद्यार्थी भेलामा औपचारिक कार्यक्रम गरि विधान अधिवेशनको उद्घाटन भएको हो । उक्त कार्यक्रममा बोल्दै संयोजक नविन राईले अधिवेशनको विकल्प नरहेको कुरा प्रस्ट्याउँदै अध्यक्ष नैन सिंह महरले संगठन चलयामान भएको हेर्न नचाहेको आरोप लगाए ।

भेलामा महामन्त्री कुन्दनराज काफ्लेले अध्यक्ष जिम्मेवारीबाट पन्छिन खोजे पनि आफूहरु पन्छिन नमिल्ने उल्लेख गर्दै विद्यार्धीहरुको साझा प्रयासबाट संगठनलाई अधिवेशन उन्मुख गराएको बताए  । त्यसै गरी देशभर छरिएर रहेका विद्यार्थी साथीहरुलाई विधानमा गर्नुपर्ने सुधारको लागि सुझावको आह्वान गरिएको छ ।

उक्त भेलामा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला निकट पदाधिकारीहरु प्रकाश राना, राम प्रसाद अधिकारी,डिल्लीराम सुवेदी, शिव रिमाल र पूर्व नेविसंघ केन्द्रीय सदस्यहरु दिपक भट्टराई, हिमालदत्त श्रेष्ठ,  वलदेव तिमिल्सीना लगायतले आफ्नो धारणा राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ