arrow

डा. केसीको पक्षमा प्राध्यापक र चिकित्सकले माइतीघरमा गरे प्रदर्शनी

logo
प्रकाशित २०७५ साउन ३ बिहिबार
pradyapak.jpg

काठमाडौं । नेपालको चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै १५औँ पटक अनसनमा बसेका डाक्टर गोविन्द केसीको पक्षमा माइतीघर मण्डलामा बृहत् प्रदर्शन भएको छ ।

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल र नेपाल चिकित्सक संघको आयोजनामा सम्पन्न सो प्रदर्शन भएको हो । बिहीबार अपरान्ह सयौँको संख्यामा भेलामा भएका प्रदर्शनकारीले केसीका माग पूरा गर्न सरकारसँग माग गरे ।

प्रदर्शनकारीले डाक्टर गोविन्द केसीको जीवनरक्षा र संसद्मा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता गर्न पनि माग गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ