arrow

पुटिनलाई ट्रम्पको निम्तो

logo
प्रकाशित २०७५ साउन ४ शुक्रबार
trump-putin.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् । राष्ट्रपति ट्रम्मकी प्रेस सल्लाहकार सारा स्यान्डर्सले भ्रमणको निम्तो दिएको पुष्टि गरेकी हुन् ।

उनले ट्वीटरमा एक ट्वीट गर्दै राष्ट्रपति पुटिनको अमेरिका भ्रमणबारे पहिलदेखि नै छलफल भइरहेको बताएकी छिन् । उनका अनुसार ट्रम्पले आगामी शरद ऋतुमा अमेरिका आउन निम्तो दिएका हुन् । 

यसअघि दुई राष्ट्रपतिबीच गत सोमबार फिनल्यान्डको राजधानी हेल्सिन्कीमा भेटवार्ता भएको थियो । वार्ताका क्रममा उठेका विषयको थोरैमात्र विवरणहरु सार्वजनिक भएका छन्  । 

उक्त वार्तामा भएका कुराहरु सबै बाहिर नआए पनि केही मुद्धाका बारेमा ट्रम्पले आफैलाई विवादमा होमेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ