arrow

बेलायती प्रधानमन्त्रीको हत्याको प्रयास, यसरी भयो विफल

logo
प्रकाशित २०७५ साउन ४ शुक्रबार
theresa_may.jpg

काठमाडौं । इस्लामिक स्टेट आईएसका एक सदस्य बेलायती प्रधानमन्त्री थेरेसा मेको हत्याको षडयन्त्र रचेको आरोपमा पक्राउ परेका छन् ।

बंगलादेशी मूलका नागरिकले बेलायतको डाउनिङ स्ट्रिटमा प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको बताइएको छ । 

नाइमुर जाकारिया रहमान नाम गरेका उक्त व्यक्तिको विषयमा लण्डनमा रहेको ओल्ड बेली अदालतमा सुनुवाई भएको हो ।

उनले डाउनिङ स्ट्रिटको प्रवेशद्वारलाई बमले हानेर ध्वस्त गर्दै सुरक्षाकर्मीहरुको हत्या गर्ने र त्यसपछि प्रधानमन्त्रीलाई चक्कु वा बन्दुकले हानेर हत्या गर्ने योजना बनाएका थिए । 

यो षडयन्त्र अमेरिकाको एफबीआई, बेलायतको एमआई ५ र स्कटल्याण्डको यार्डजस्ता गुप्तचर संस्थाहरुको सहयोगमा विफल भएको हो । 

समाचारमा बताइएअनुसार पक्राउ गरेका उक्त व्यक्तिले गुप्तचर अधिकारीहरुलाई आफूले संसदमा एक आत्मघाती हमला गर्ने योजनामा रहेको बताएका छन् ।

उनले आफूले प्रधानमन्त्री मे को हत्याको योजना बनाएको पनि स्वीकार गरेका छन् । उनले एक ठुलो सवारी संसदसम्म लैजाने कोही मान्छै पाए संसदमा बम विष्फोट गर्ने योजना रहेको बताएका हुन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ