arrow

कर्णाली अस्पतालमा डाक्टरलाई हानेको गोली लागेर घाइते भएका प्रहरीलाई काठमाडौं ल्याइयो 

logo
प्रकाशित २०७५ साउन ४ शुक्रबार
police4.jpg

काठमाडौं । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्रै प्रहरीले चिकित्सकलाई प्रहार गरेको गोली लागेर घाइते भएका प्रहरी जवान कमल उपाध्यायलाई थप उपचारका लागि शुक्रबार बिहान काठमाडौं ल्याईएको छ ।

उनको गम्भीर अवस्थामा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको आईसियुमा उपचार भइरहेकामा त्यहाँ उपचार हुन नसकेपछि काठमाडौं ल्याइएको हो । 

उनको शरीरमा लागेको गोली निकाल्न नसक्दा अवस्था गम्भीर बन्दै गएको छ । उनलाई थप उपचारका लागि शुक्रबार बिहान हेलिकप्टरबाट काठमाडौं ल्याई शिक्षण अस्पताल महाराजगञ्जको मनमोहनमा भर्ना गरिएको छ । 

यसअघि बिहिबार राति उनलाई हेलिकप्टरमार्फत नेपालगन्ज ल्याइएको थियो । प्रहरीले बिहिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रवेश गरी अन्धाधुन्ध चिकित्सक र अस्पतालका कर्मचारीमाथि आक्रमण गर्दा दुई दर्जन भन्दा बढी घाइते भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ