arrow

रुससँगको सम्बन्ध बिगार्ने तत्व अमेरिकामै

logo
प्रकाशित २०७५ साउन ४ शुक्रबार
putin2.jpg

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकामा रहेका केही मानिसहरुको कारण दुई मुलुकको सम्बन्धमा सुधार आउन नसकेको बताएका छन् । गत सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बैठकपछि पुटिनको तर्फबाट यस किसिमको भनाइ आएको हो । 

रुसी राजदूतहरुलाई सम्बोधन गर्दै पुटिनले आफूहरु अहिले अमेरिका–रुस सम्बन्धलाई सहजै नोक्सान पुर्‍याउने मानिसहरुको विषयमा सोचिरहेको बताएका हुन् । 

उनले भने, “अमेरिकामा केही यस्ता शक्तिहरु छन्, जो राष्ट्रिय हितभन्दा पनि आफ्नो पार्टीको संकीर्ण स्वार्थलाई धेरै महत्व दिन्छन् ।” उनले यसको बाबजुद पनि रुसले समानताको आधारमा अमेरिकासँगको सम्बन्ध विस्तार गर्ने पुटिनको भनाइ थियो । 

उनले आफूहरु अहिले सँगै मिलेर काम गर्ने र साझा आधार खोज्ने दिशामा नयाँ सकारात्मक एजेन्डामा काम गरिरहेको बताएका हुन् । आफूले ट्रम्पसँग पनि यस विषयमा कुराकानी गरेको उनको भनाइ थियो ।

सोमबार भएको ट्रम्प–पुटिनको वार्ताको विषयमा व्यापकरुपमा अमेरिकामा आलोचना भएको थियो । पुटिनसँगको वार्तापछि अमेरिकी गुप्तचरको विवरण गलत रहेको बताएका थिए तर पछि भने त्यसलाई स्वीकार गरेका थिए । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ