arrow

राष्ट्रिय एकता कायम गर्न सामाजिक सद्भाव कायम राखौं –प्रधानमन्त्री ओली

logo
प्रकाशित २०७५ साउन ४ शुक्रबार
pm-oli-kp.JPG

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता कायम गर्न सामाजिक सद्भाव कायम राख्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले बिहिबार गण्डकी प्रदेशसभालाई विशेष सम्बोधन गर्दै भने, “हामीले विकासका प्रयास चौतर्फी रुपमा अघि बढाउनु पर्नेछ, हाम्रोमा विकासका सम्भावना असाधारण छन्, तिनलाई अघि बढाउने इच्छा शक्ति हामीमा हुनु पर्दछ ।” 

प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशमा प्रशस्त सम्भावना रहेको भन्दै सो प्रदेश पौराणिक महत्वको, स्रोतको प्रचूर सम्भावना भएको, नेपाल एकीकरणको ऐतिहासिक प्रारम्भिक थलो रहेको बताए ।

उनले तिब्बतदेखि त्रिवेणीसम्म फैलिएको गण्डकी प्रदेश पर्यटन, ऊर्जा, शिक्षा, स्वास्थ्यका लागि असाधारण सम्भावना बोकेको ठाउँ भएको बताउँदै ती सम्भावनालाई उचित प्रयोग गरेर प्रदेशलाई समृद्ध बनाउने जिम्मा प्रदेश सरकार र स्थानीय तहको भएको बताए । 

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले संघीय संरचना र प्रदेश सरकारको पहिलो अभ्यास भएकाले सरकार सञ्चालनमा केही असजिलो भए पनि आफ्नो अनुभवले खारिंदै जानुपर्ने बताएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

“हामी एउटा नौलो अभ्यासमा छौँ, यसअघि हामीसँग प्रदेश सरकार सञ्चालन गरेको अभ्यास थिएन, अब आफ्नै अनुभवबाट सिक्दै यस प्रणालीलाई मजबुद बनाउनु पर्दछ, त्यसका लागि केन्द्रीय सरकारको भरपुर सहयोग रहन्छ”– प्रधानमन्त्रीले भने । 

आधा शताब्दीभन्दा बढी समय लोकतन्त्रका लागि आफूले संघर्ष गरेको सम्झदै प्रधानमन्त्री ओलीले लोकतन्त्रप्रतिको निष्ठामा केही मानिसहरुले शंका गरेको देख्दा आफैँलाई अचम्म लागेको छ भने । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ