arrow

४ वर्षमा मोदीको ८४ देशको भ्रमण, २४ अर्बको खर्च

logo
प्रकाशित २०७५ साउन ४ शुक्रबार
oli-modi-one-to-one.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश भ्रमणमा सन् २०१४ यता झण्डै २४ अर्ब नेपाली रुपैयाँबराबरको खर्च भएको विवरण सार्वजनिक भएको छ । उनको भ्रमणको क्रममा हवाई विमानहरुको मर्मत, चार्टर तथा हटलाइन सुविधाको लागि उक्त रकम खर्च भएको भारतको सरकारले जानकारी दिएको छ । 

भारतीय सरकारले दिएको जानकारीअनुसार चार वर्षको अवधिमा मोदीले गरेका भ्रमणहरुमा झण्डै १७ अर्ब ५० करोड बराबरको रकम मोदीको विमानको मर्मतकालागि खर्च भएको थियो । बाँकी छ अर्ब ५० करोडबराबरको रकम मोदीको विमानको चार्टर तथा हटलाइनका लागि खर्च भएको हो । 

मोदीले पछिल्लो चार वर्षमा विभिन्न ४२ विदेश भ्रमण गरेका थिए, जसमा ८४ मुलुकहरुको भ्रमण गरेका थिए । उनी सन् २०१४ को मे महिनामा भारतको प्रधानमन्त्री बनेका थिए । यद्यपि अहिले सार्वजनिक भएको विवरणमा सम्पूर्ण खर्च भने समावेश नगरिएको बताइएको छ । 

सन् २०१८ मा मात्र मोदीले १० मुलुकहरुको भ्रमण गरेका थिए, जसमा उनको अन्तिम विदेश भ्रमण चीनको रहेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धेरैपटक विदेश भ्रमणमा गएको भन्दै आलोचना खेप्दै आएका छन् । यसअघिका प्रधानमन्त्री मनमोहन सिंह विरलै मात्र विदेश भ्रमणमा जाने गरेका थिए । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ