arrow

पक्राउ परेका एमाले वडा सदस्यसहित ७ जुवाडेलाई मुद्दा चलान

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ साउन ४ शुक्रबार
pakrau-new.jpeg

पाल्पा । तानसेनको शिलखानटोलबाट विहिबार जुवा खेल्दै गरेको अवस्थामा पाल्पा प्रहरीले पक्राउ परेका सात जुवाडेलाई मुद्दा चलान गरेको छ । शुक्रबार अध्ययन अनुसन्धानपछि जुवाडी ऐन अनुसार मुद्दा चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत विनोद घिमिरेले जानकारी दिए ।

 तानसेन नगरपालिका–४शिलखानटोल स्थित सेन्चुरीहट रेष्टुरेण्डबाट  प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । सूचना अधिकृत घिमिरेका अनुसार   तानसेन ४ का कृष्ण थापा,  गणेश कुवंर, प्रकाश कार्की,   एमालेबाट निर्वाचित तानसेन नगरपालिका ११ का वडा सदस्य चुराबहादुर गोदार, तानसेन ३ का  सुशिल कुवंर, तानसेन २ का  टेकनाथ न्यौपाने  र रिब्दीकोट ९ का  शिब जिसीलाई  तासको खालबाटै पक्राउ गरिएको हो ।

जुवा खेलिरहेको सूचना पाएपछि पुगेको प्रहरी टोलीले जुवा खालबाट एक लाख १५ हजार छ सय ९५ नगदसहित  ३ थान तास  बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानहरुमा विगत देखिनै जुवा, लुडो खेल्दै आए पनि प्रहरी बेखबर बन्द जुवा तासले विकृतिको रुप लिएको थियो ।

पछिल्लो समयमा  जिल्लामा जुवातास विकृतिका रुपमा फैलिन थालेपछि सर्वत्ररुपबाट प्रहरीको आलोचना हुन थालेपछि  प्रहरीले जुवा खेल्नेहरुको खोजी कार्यलाई तीव्र पारेको छ । सामान्य सर्वसाधारण देखि जिल्लाका प्रतिष्ठीत व्यापारी, राजनैतिक दल, जनप्रतिनिधिहरु समेत जुवा खेलमा संलग्न रहेकै अवस्थामा प्रहरीले पक्राउन गरी कानूनी कावाही  गर्न सफल भएको छ ।

पछिल्लो समयमा जिल्ला प्रहरीले समाजिक विकृती र विसंगतीका विरुद्धमा चालेको प्रभावकारी कदमको जिल्लावासीले प्रसंसा गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ