arrow

टुकी विस्थापन पछि गाउँकै नाम ‘कुलमान घिसिङ चोक’

logo
प्रकाशित २०७५ साउन ४ शुक्रबार
kulman_office.jpg

झापा । विद्युत व्यवस्थापनमा कडाई गरेर मुलुकलाई लोडसेडिङ मुक्त बनाउनमा विशेष योगदान पुर्‍याएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नामले गाउँका नाम राखिएको छ । गाउँमा विद्यतु पुगेको खुसीयालीमा  झापाको दुई नगरपालिकाको बीचमा रहेको एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको हो ।

झापाको कनकाई नगरपालिका ४ र शिवसताक्षी नगरापालिका १० को बीचमा पर्ने टेक्रा गाउँवासीले आफ्नो गाउँको नाम परिवर्तन गरी ‘कुलमान घिसिङ चोक’ राखेका हुन् ।

उक्त गाउँमा २०० घरधुरी रहेका छन् । तीमध्ये १०० घरमा विद्युत् सेवा नहुँदा टुकी बाल्दै आएका थिए । विजुली भएका घरमा भोल्टेज कम हुने समस्याले गाउँवासी हैरान भएका र कुलमानलाई समस्या बताएको केही दिनमा नै गाउँमा विद्युत पुगेकोले गाउँको नाम ‘कुलमान घिसिङ चोक’ राखिएको चोक नामाकरण समितिका अध्यक्ष श्याम ओलीले बताए । गाउँमा रहेको विद्युतको समस्या कुलमानजीलाई बताउँदा अहिले विद्युतको समस्या नरहेका बाउँदै विद्युतको व्यवस्था तुरुन्तै गर्ने बताउनु भयो’ आलीले भने, ‘लगत्तै गाउँमा बत्ती पुगेपछि गाउँको नाम कुलमान घिसिङ चोक राखेका हौँ ।’

विद्युत् समस्याका विषयमा स्थानीयवासीले कार्यकारी निर्देशक घिसिङसमक्ष कुरा राखेको र त्यसलगत्तै सरकारको ‘उज्यालो नेपाल कार्यक्रम’ अन्तर्गत रु २२ लाखको लागतमा १०० केभिए क्षमताको ट्रान्समिटर, बिजुलीका पोल र तार जडान गरिएको नेपाल विद्युत् प्राधिकरण अनारमनीका प्रमुख जितेन्द्रकुमार झाले बताए ।

अहिले उक्त गाउँमा भोल्टेजको समस्या समाधान हुनाका साथै टुकी बाल्नुपर्ने बाध्यताको समेत अन्त्य भएको स्थानीय युवा कुमार साँवाले बताए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुरुङ्गाबाट छ किलोमिटर दक्षिण रहेको उक्त गाउँमा कुलमान घिसिङकै फोटो अंकित बोर्डसमेत राखिएको छ । पर्याप्त भोल्टेज भएको विद्युत् आउन थालेपछि किसानले सिँचाइका लागि मोटरसमेत  राख्न थालेको साँवाले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ