arrow

डा. केसीको समर्थनमा कांग्रेससँगै खुलेर आयो राजपा

logo
प्रकाशित २०७५ साउन ४ शुक्रबार
kc-samarthan.png

काठमाडौं । २१ दिन देखि आमरण अनसरत डा. गोविन्द केसीको समर्थनमा राष्ट्रिय जनता पार्टी खुलेर आएको छ। राजपाले आफ्नो पार्टीको तर्फबाट अनशनरत डा केसीलाई भेटेरै आफ्नो ऐक्यवद्धता जनाएको हो।

नेपाली काँग्रेसले पार्टीको तर्फबाट सदन र सडकमा केसीको मागप्रति ऐक्यवद्धताका साथ आन्दोलन पनि गरिरहेको छ। आमरण अनसनको २१ औं दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डा केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गए। 

राजपाका नेताहरुले अनसनस्थल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) पुगेर डा.केसीसँग भेट गरे ।

केसीसँगको भेटपछि सभापति देउवाले डा. केसीको स्वास्थ्य अवस्था निकै कमजोर रहेकोले केसीको जीवन रक्षाका लागि सरकारसँग माग गरे । उनले डा. केसीलाई एक्लो महसुस नगर्न भन्दै समर्थनमा सबै नेपाली रहेको बताए।  ‘लोकतन्त्रमा एक जना नागरिक पनि निकै बलियो हुन्छ’ देउवाले भने, ‘तपाईको पछाडी हामी लाखौ नेपाली छौं ।’

देउवा अघि डा. केसीलाई भेट्न  टिचिङ पुगेका राजपा नेताहरुले समेत डा केसीका माग जायज रहेको भन्दै केसीको समर्थनमा आफुहरु रहेको बताए। राजपा नेता महेन्द्र राय यादव लगायतको टोलीले केसीलाई भेटेर आफ्नो पार्टी समर्थनमा रहेको जनाएको हो ।  

भेटपछि राजपा नेता अनिल झाले डा. केसीका माग सबै नेपालीको माग रहेको भन्दै त्यसमा आफुहरुको पूर्ण समर्थन रहेको बताए । अर्का नेता राजकिशोर यादवले केसीको मागलाई सरकारले तत्काल सम्वोधन गर्न माग गरे। 

शुक्रवार नै कांग्रेस नेता अर्जुननरसिंह केसीले समेत डा. केसीसँग भेट गर्दै सहानुभुति प्रकट गरेका छन् ।

योसँगै डा. केसीको समर्थनमा नेपाली कांग्रेस, राजपा, विवकेशील साझालगायतको पार्टी रहेका छन् भने विपक्षमा सत्तारुढ नेकपा र संघीय समाजवादी फोरम लगायतका दल देखिएका छन् । दुई तीहाईको दम्भ ती दलहरु केसीको माग सुनुवाई गर्नेतर्फ देखिएका छैनन्। 

यसअघी बिहिवार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनसम्म अनशन बसेका डा केसीलाई जीवनरक्षा र उपचारका लागि भन्दै सरकारले जवरजस्ती हेलिकोप्टरबाट काठमाडौँ ल्याएको थियो ।

अनशनमा रहेका केसीको मागको बारेमा छलफलमा जुटेपनि सरकाले झारा टार्ने काम मात्र गरेको उल्लेख गर्दै केसीका प्रतिनिधीहरुले वार्तालाई ढोंग मात्र भएको बताए। केसी पक्षले प्रतिनिधिसभाबाट चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने अडान राखेको र सरकार त्यसमा सहमत नभएपछि वार्ता स्थगन भएको छ। डा केसीले अधिकारसहितको वार्ता टोलीको पनि माग गरेका छन् ।  

सरकारले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । डा केसी र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको अघिल्लो सरकारले ल्याएको १० वर्षसम्म काठमाडौँ उपत्यकामा नयाँ मेडिकल कलेजको सम्बन्धन रोक्काको व्यवस्था भएको चिकित्सा शिक्षा अध्यादेशको मर्मअनुसार नै विधेयक आउनुपर्ने अडान छ भने सरकार विधेयकलाई संसदीय प्रक्रियाबाट टुंगो लगाउने पक्षमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ